विद्युतीय धरापमा परी झापामा १४ हात्तीको मृत्यु

झापा । गैरकानूनी रुपमा विद्युतीय धरापमा परी हालसम्म झापामा १४ वटा हात्ती मरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले २६ वटा जंगली हात्तीको मृत्यु मध्ये १४ वटा गैरकानूनी रुपमा विछ्याइएको विद्युतीय तारबारको कारण रहेको बताए ।


उनले दुई दशक यता कार्यालयको खोज अनुसन्धान तथा पोस्टमार्टम रिपोर्टका आधारमा सो को अभिलेख रहेको बताउँदै भने “तत्काल जथाभावी रुपमा टांगिएका तारवारलाई नियन्त्रणमा नलिए हात्ती मात्र होइन मानवीय क्षतिको जोखिम समेत बढ्ने देखिन्छ ।”
प्रमुख श्रेष्ठले जंगली हात्ती प्रभावित क्षेत्रमा स्थानीयवासीले गैरकानुनी रुपमा लगाएको नाङ्गो विद्युतीय घेराबार हटाउन स्थानीय पालिका र विद्युत प्राधिकरणलाई पत्राचार समेत गरेको बताए । आफ्नो अन्नबाली तथा घरगोठको सुरक्षा गर्ने नाउँमा किसानहरुले जथाभावी रुपमा नाङ्गो विद्युतीय तारवार लगाउने कार्य तत्काल बन्द गर्नुपर्ने उनको भनाई छ ।

EPIC EPIC EPIC


उनले पटकपटक सम्बन्धित सरोकारवालाहरुलाई घरदैलोमै भेटेर विद्युतीय धराप नराख्न आग्रह गर्दा समेत बेवास्ता गरेका कारण पालिका नै गुर्हानु पर्ने बाध्यता भएको बताए । काठ र बासका किलामा अड्याइएका असुरक्षित तारमा अधिकांश मानिसले रातभर विद्युत प्रवाह गरिदिएका हुन्छन् । बेलुका सुत्ने बेलामा करेन्ट प्रवाह गर्ने र विहानीपख उज्यालो भएपछि बन्द गर्ने सर्वसाधारणको प्रचलन छ ।
बिद्युत प्रवाह भएको तारसँग हात्ती डराउने स्थानीयबासीको विश्वास छ । हात्ती धपाउन प्रयोग भएको विद्युतीय तारमा झुक्किएर जनधनको समेत क्षति हुने गरेको छ । भारतबाट सीमा पार गरेर आउने हात्ती समेतको विचरणस्थल बनेको झापामा मानव–हात्ती द्वन्द्वका क्रममा दुई दशकमा ७२ जनाको हात्ती आक्रमणमा मृत्यु भएको छ भने २६ वटा हात्ती मारिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *