विपक्षी प्रशिक्षकको घाँटी समातेपछि मेसीलाई जरिवाना, स्वारेज पनि कारबाहीमा

काठमाडौं । अर्जेन्टिनी कप्तान तथा इन्टर मियामीका फरवार्ड लियोनल मेसीलाई मेजर लिग सकर (एमएलएस) ले जरिवाना तिराउने निर्णय गरेको छ।

फेब्रुअरी २२ मा भएको इन्टर मियामी र न्युयोर्क सिटीबीचको खेलमा मेसीले न्युयोर्क सिटीका प्रशिक्षकको घाँटी समातेपछि उनी अनुशासन कारबाहीमा परेका हुन्। सो खेल २–२ गोलको बराबरीमा सकिएको थियो।

EPIC EPIC EPIC

मेसीमाथि लगाइएको जरिवानाको रकम भने सार्वजनिक गरिएको छैन। मेजर लिग सकर अनुशासन कमिटीले घटनापछि समीक्षा गर्दै मेसीलाई कारबाही गरेको हो।

यस्तै, इन्टर मियामीकै अर्का खेलाडी लुइस स्वारेज पनि अनुशासन कमिटीको कारबाहीमा परेका छन्। स्वारेजले सोही खेलमा न्युयोर्क सिटीका खेलाडी बिर्क रिसाको घाँटीमा पछाडिबाट चिमोटेको आरोप लागेको छ।

एमएलएसले स्वारेजलाई पनि के कस्तो कारबाही गरिएको भन्ने जानकारी सार्वजनिक गरेको छैन।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *