Search
Close this search box.
Search
Close this search box.

विप्लवले चितवनमा बेचे १० लाखको धान र १ लाखको मह



काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको चितवन माडीस्थित केन्द्रीय उत्पादन विभागले १० लाख रुपैयाँ बराबरको धान विक्री गरेको छ । धान विक्रिबाट विभागले ७ लाख नाफा कमाएको नेकपाले जनाएको छ ।

Advertisement

EPIC EPIC EPIC

विप्लव नेतृत्वको नेकपाले संचालन गरेको उत्पादन केन्द्रले १ लाखको महसमेत विक्री गरेको छ । जसबाट ५० हजार रुपैयाँ नाफा भएको उत्पादन केन्द्रका प्रमुख तथा पार्टी पोलिटब्युरो सदस्य सन्देश सीले बताए ।

Advertisement

सो केन्द्रबाट २ क्विटल ४० कि.लो. मह उत्पादन भैसकेको विद्यार्थी नेता अटल सीले जानकारी दिए । जहाँ २५ वटा बाख्रा पनि पालिएको छ भने ३ वटा टनेलमा गोलभेडासमेत रोपिएको छ । ४ वटा पोखरीमा मत्स्य पालन गरिरहेको उत्पादन केन्द्रले यसपटकको आलु खेतीबाट १५ लाख मुनाफा गर्ने उत्पादन केन्द्रकाे लक्ष्य रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *