विभिन्न देशका नगदसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा डिआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए। 

EPIC EPIC EPIC EPIC EPIC

उनका अनुसार मंगलबार दिउँसो चीनको सिचुआन प्रान्तबाट आइ दिल्ली जान लागेको अवस्थामा छोदेनलाई १६ हजार ४३० अमेरिकी डलर, ५४ हजार ४५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो।

छोदेनलाई प्रहरी वृत्त गौशालामा राखी आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका छोदेनसँग भारतीय राहदानी भएको डिआइजी ठकुरीले बताए। छोदेनबाट प्रहरीले बरामद गरेको रकम नेपाली रुपैयाँ अनुसार ३१ लाख ५० हजार बराबर रहेको जनाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *