विमानस्थलमा खटिएका सुरक्षाकर्मीले मलद्धारमा लुकाएर ल्याएको एक किलोभन्दा बढी अवैध सुनसहित एक महिलालाई पक्राउ गरेका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षाकर्मीले भारतकी मिना सुर्जित सिंहलाई एक किलो १५९ ग्राम सुनसहित नियन्त्रणमा लिएको हो ।
एयर अरेबियामा दुबईबाट आएकी सिंहले प्लास्टिकले बेरेको तीन वटा डल्ला सुन मलद्वारमा लुकाएर ल्याएको प्रहरीले जनाएको छ ।
प्रहरीले थप अनुसन्धान तथा कारबाहीका लागि सिंह र सुन विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाएको छ ।