विराटनगरका मेयर कोइराला इजरायलको बंकरमा


झापा। इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिका मेयर नागेश कोइराला त्यहि बंकरमा लुक्दै बस्न बाध्य भएका छन् ।
भ्रमणकै बिचमा इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले थालेको प्रत्याक्रमणका कारण मेयर कोइरालासहित विभिन्न देशका जनप्रतिनिधि बंकरमा बस्न बाध्य भएका हुन् ।
मेयर कोइरालाले आफू इजरायलको राजधानीबाट ३० किलोमिटर दुरीमा रहेको सेफाइम भन्ने सहरमा सुरक्षित रहेको बताएका छन् । टोलीमा फिलिपिन्सका दुई सांसदसहित १७ जना जनप्रतिनिधि रहेको जानकारी दिँदै फोनमा उनले भने, ‘इजरायलको सहकारी अभ्यासबारे अध्ययन गर्न आएका हौं । सरकारले नै अहिले बंकरमा राखेको छ ।’
कोइरालाको जेठ ६ गते नेपाल फर्कने कार्यक्रम छ । तर, इजरायलमा अहिले आपतकाल लागू गरेर विमानस्थलहरू बन्द रहेकोले फर्कने मिति अनिश्चित रहेको कोइरालाले जानकारी दिए । अन्य समयमा बाहिर बसेपनि खतरारको संकेत स्वरुप साइरन बजेपछि बंकरमा बस्नुपर्ने नियम रहेको उनले सुनाए ।
आफूलाई इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले भेटेको र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि कुराकानी भएको कोइरालाले बताएका छन् । इजराइलले गरेको हमलाको जवाफमा इरानले शुक्रबारदेखि जेरूसलेम र तेल अभिभ लगायतका क्षेत्रमा मिसाइल र रकेट प्रहार गरिरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *