विराटनगर। कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ ।
विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उक्त घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
“भर्खरै जन्मेको शिशु अस्पतालको शौचालयमा भेटिएको छ”, उनले जानकारी दिँदै भने,” कसले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ।”