विरुवा रोपेर मनाइयो बुद्धशान्तिमा विश्व वातावरण दिवस

बुद्धशान्ति । आज विश्व वातावरण दिवस। नेपालसहित विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाइएको छ । हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ। ‘केवल एउटा पृथ्वी’ भन्ने मुल नारासहित यस वर्षको वातावरण दिवस मनाइयो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिएको छ ।

नेपालमा पनि सरोकारवालाले आआफ्नो ठाउँबाट विश्व बातावरण दिवस मनाएका छन्। यसैबीच झापमा पनि विभिन्न ठाउँमा विरूवा रोपेर विश्व वातावरण दिवस मनाएका छन्। जिल्लाको बुद्धशान्ति गाउँपालिकामा पनि बुद्धशान्ति गाउँपालिका वन वातावरण, तथा विपद व्यवस्थापन समितिको अगुवाइमा बुद्धशान्ति ६ र ७ जोड्ने नवनिर्मित झोलुङ्गे पुलको दुबै तर्फको प्रवेशद्वार क्षेत्रमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरिएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

गाउँपालिका वन, वातावरण तथा विपद ब्यवस्थापन समितिका संयोजक शिवराज पौडेलको संयोजकत्वमा आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल ,विभिन्न वडाका वडाध्यक्ष ,कार्यपालिका सदस्य ,संघसंस्था प्रतिनिधि ,सुरक्षा निकायका प्रमुख लगायत उपस्थिति बिच कार्यक्रम सम्पन्न भएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *