विश्वकै जेठी महिलाको निधन, अब ब्राजिलकी लुकास सबैभन्दा वृद्ध

तोमिको इत्सुकाको ११६ वर्षको उमेरमा निधन भएको छ। उनको मृत्यु डिसेम्बर २९ मा ह्योगो प्रिफेक्चरको एक नर्सिंग होममा भएको थियो। जापानको स्वास्थ्य मन्त्रालयले शनिबार उनको मृत्यु भएको पुष्टि गरेको थियो। 

इत्सुकाको जन्म मे २३, १९०८ मा पश्चिमी जापानको आशिया सहरमा भएको थियो। उनी तीन दाजुभाइमध्ये जेठी थिइन्। उनको २० वर्षको उमेरमा विवाह भएको थियो र उनका चार सन्तान तथा पाँच नातिनातिना छन्। उनका श्रीमानको सन् १९७९ मा मृत्यु भएको थियो।

EPIC EPIC EPIC

उनको मृत्युको कारण अत्यधिक उमेर भनिएको छ। गिनिज वल्र्ड रेकर्ड्सले सेप्टेम्बर २०२४ मा इत्सुकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिएको थियो। गत वर्ष अगस्टमा स्पेनकी मारिया ब्रान्यासको ११७ वर्षको उमेरमा निधन भएको थियो।

आशियाका मेयर रियोसुके ताकाशिमाले भनेका छन्, ‘इत्सुकाले आफ्नो जीवनकालमा विश्वयुद्ध, महामारी र परिवर्तनशील प्रविधिको अनुभव गरिन्। उहाँको लामो जीवनले हामीलाई आशा र साहस दियो। इत्सुकाले ८० वर्षको उमेरमा पनि हिमाल चढ्ने गर्थिन्। गत वर्षको एक अन्तर्वार्तामा उनको परिवारले उनलाई लामो पैदल यात्रा मन पर्ने बताएका थिए, जुन उनको लामो जीवनको रहस्य थियो। उनी ८० वर्षको उमेरमा पनि पहाडमा रहेको मन्दिरमा जान्थिन् र सय वर्षको उमेरमा पनि हिँड्न लठ्ठीको आवश्यकता परेन। बाल्यकालमा उनी राम्रो भलिबल खेलाडी थिइन्।’

गिनिज वल्र्ड रेकर्डका अनुसार, इत्सुकाले एक सय वर्षको उमेरपछि पनि आफ्नो सोख जीवित राखेकी थिइन्। ७० वर्षको उमेरपछि उनले दुईपटक ओन्टेक हिमाल आरोहण गरेकी थिइन्, जसको उचाइ तीन हजार ६७ मिटर (१०,०६२ फीट) छ। सेप्टेम्बर २०२४ सम्मको तथ्यांकअनुसार, जापानमा एक सय वर्ष वा सोभन्दा माथिका ९५ हजारभन्दा बढी मानिस छन्, जसमध्ये ८८ प्रतिशतभन्दा बढी महिला छन्।

तोमिको इत्सुकाको मृत्युपछि अब ब्राजिलकी इनाह क्यानाबारो लुकास विश्वकै सबैभन्दा वृद्ध व्यक्ति बनेका छन्, जो ११६ वर्षकी छिन्। उनको जन्म इत्सुका जन्मेको १६ दिनपछि भएको थियो। नागरिक दैनिकबाट

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *