विश्वकै ठुला ग्यास खानीमा आक्रमणसँगै इरान युद्ध नयाँ चरणमा प्रवेश 

काठमाडौं ।  इरानले आफ्नो ‘साउथ पार्स’ ग्यास क्षेत्रमा इजरायलले गरेको आक्रमणको बदलामा दबाब बढाउन छिमेकी खाडी राष्ट्रहरूका कैयौँ ऊर्जा संयन्त्रमा आक्रमण गरेपछि युद्धमा सम्पूर्ण क्षेत्र नै तानिने जोखिम बढेको छ ।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको यो युद्धमा बिहीबार इरानले कतारको ‘रास लाफान’को तरल प्राकृतिक ग्यास संयन्त्रसँगै संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाका ऊर्जा पूर्वाधारमा पनि आक्रमण गर्‍यो । यसले विश्वव्यापी ऊर्जा आपूर्तिमा थप चिन्ता बढाएको छ ।इजरायलले पछिल्लो समय इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको हत्या र बुधबार ‘साउथ पार्स’ एलएनजी संयन्त्रमाथि आक्रमण गरेपछि इरानले आफ्ना खाडी छिमेकीहरूमाथि आक्रोश व्यक्त गरेको छ ।

EPIC EPIC EPIC

उसो त इरानले द्वन्द्व सुरु भएदेखि नै बारम्बार खाडी देशलाई निसाना बनाइरहेको छ । तर, अघिल्ला आक्रमण मुख्यतः ती देशमा रहेका अमेरिकी सैनिक आधार तथा अमेरिकी सुविधामाथि केन्द्रित थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल पोस्ट गर्दै इरानले कतारलाई लक्षित गर्न जारी राखेमा ‘सम्पूर्ण साउथ पार्सलाई नष्ट गरिदिने’ धम्की दिएर तनावमाथि घिउ थप्ने काम गरे । यसबिच साउदी अरबले पनि ‘आवश्यक परेमा सैन्य कारबाहीमा उत्रने’ चेतावनी दिएसँगै खाडी राष्ट्रसमेत युद्धमा तानिने जोखिम बढेको छ ।

यसैबिच, ट्रम्पले साउथ पार्समा इजरायलको आक्रमणप्रति आफ्नो देशको संलग्नतामा दूरी देखाउने प्रयास गरे । आफ्नो सबैभन्दा बलियो मध्यपूर्वी सहयोगी इजरायलले गरेको आक्रमणलाई ‘हिंसक प्रहार’ भन्दै तेहरानले कतारमाथि आक्रमण रोके आक्रमण नदोहोरिने वाचा गरे । बिहीबार एक सामाजिक सञ्जाल पोस्टमा इरानी विदेशमन्त्री अब्बास अराघचीले साउथ पार्समाथिको आक्रमणपछि टिप्पणी गर्दै ‘इजरायलले अब अन्य पूर्वाधारमा आक्रमण गरे इरानले ‘शून्य संयम’ अपनाउने’ चेतावनी दिए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च