विष्णुलाई आफ्नो नामसँग जोडिँदा एलिनाको आपत्ति: ‘पूर्व-पश्चिम नलेख्दा भ्यु आउँदैन ?’

काठमाडौं। चर्चित गायिका एलिना चौहानले आफ्नो नामलाई बारम्बार पूर्व श्रीमान् विष्णु सापकोटासँग जोडिएको भन्दै आपत्ति जनाएकी छन्। सामाजिक सञ्जालमार्फत उनले स्पष्ट सन्देश दिँदै, आफूले अन्त्य गरिसकेको सम्बन्धलाई निरन्तर कोट्याउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेकी हुन्।

सामाजिक सञ्जालमा लेखेकी स्टाटसमा एलिनाले लेखेकी छन् – “मेरो सकिसकेको सम्बन्धलाई कोट्याउने पत्रकारहरूका लागि — घाउ त बाँदरले कोट्याउँछ, मान्छे भइसकेपछि बाँदरजस्तो एउटै कुरा नकाट्याउनुहोस्।”

EPIC EPIC EPIC

उनले विष्णु सापकोटालाई परिचय गराउँदा ‘गायिका एलिना चौहानका पूर्व श्रीमान्’ भन्ने शब्द प्रयोग गरिने गरेकोमा आपत्ति जनाउँदै सोधेकी छन् – “पूर्व–पश्चिम नलेख्दा भ्यु आउँदैन ?”

एलिनाको भनाइमा, आफूलाई नसम्बन्धित विषयमा समेत नाम जोडेर समाचार बनाइने गरेको छ, जसले व्यक्तिगत जीवनमा अनावश्यक हस्तक्षेप गरेको महसुस हुन्छ।

उनको यो आपत्तिपछि, कलाकारको व्यक्तिगत जीवनलाई अनावश्यक रूपमा तान्ने पत्रकारिताको अभ्यासमाथि पनि पुनर्विचार आवश्यक रहेको देखिन्छ। कलाकारको निजी सन्दर्भलाई सम्मानपूर्वक र जिम्मेवार ढंगले प्रस्तुत गर्नु मिडिया नीतिको अनिवार्य पक्ष हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *