व्यवस्थित बन्दै झापाकै पूरानो बजार

अच्युत सुबेदी, झापा(पालिका सन्देश)– झापाका पुराना बजारहरु मध्ये गरामनी पनि एक हो, जुन अहिले बिर्तामोड नगरपालिकाको ८ नम्बर वडामा पर्छ । शनिस्चरे, बिर्ताबजार, घैलाडुब्बा, गरामनी, भद्रपुर लगायतका बजारहरु २००७ साल अघिका बजार रहेको अग्रजहरु बताउँछन् । जस मध्ये पनि गरामनी बिकासको पर्खाइमा रहेको बजार हो । प्रत्येक दशैँको नहमीमा लाग्ने सानो मेला र एकादशीमा लाग्ने ठूलो मेलाले यसको महत्व अझ बढाएको छ ।

त्यति मात्र हैन शक्ति पिठको रुपमा रहेको दुर्गा मन्दिर र कृष्ण अष्टमीमा खेलाइने दधीकादोले पनि गरामनीको परिचय बोकेको छ । दर्जनौ नेता जन्माएको यो ठाउँ बिकास हुन नसकिरहेको अवस्थामा अहिले आएर जनप्रतिनिधिको प्रयासमा रुप फेदै छ । थोरै लगानी गरेर बिहान बेलुकाको छाक टार्ने आधा सय भन्दा बढि व्यापारी अहिले पनि त्रिपाल टाँगेर व्यापार गर्दै छन् । उनीहरुरुकै लागि भनेर अहिले वडाको पहलमा नगरपालिकाको बजेटमा बजारको सम्पूर्ण भागमा अहिले टाली ओछ्याउने काम भैरहेको छ । “ठूला व्यापारीले त सटर भाडामा लिएर व्यापार गरिरहेका छन्, एक काइयो केरा र दुइ मुठा साग बेचेर जिविको पार्जन गर्ने साना व्यापारीको लागि केहि राहत होस र भनेर कमसेकम हिलोको समस्या टरोस भनेर टाली ओछ्याउने काम गरिएको हो” बिर्तामोड नगरपालिका ८ का वडा अध्यक्ष अजय कार्कीले भने ।

EPIC EPIC EPIC

बिर्तामोड नगरपालिकाको १५ लाख रुपैया बजेटमा बजार भरि टाली ओछ्याउने काम भैरहेको छ । तर, करिब १८ लाख रुपैयाको लागतमा उपभोक्ता समितिले यसको निर्माण गरिरहेको छ । नपुगेको रकम कहाँबाट जुटाउने भन्ने तनाब पनि उपभोक्ता समितिमा छ । करिब १२ सय बर्गफिटमा पैmलिएको बजार र बिचबाट निकालिएको बाटोको सबैतिर काम भैरहेको छ । “अपूग पैसाका लागि हामी नगरपालिकासँग कुरा गरिरहेका छौँ” गरामनी बजार निर्माण व्यवस्थापन समिती अध्यक्ष रणबहादुर मगरले भने, “पैसाले पुगे जति मात्रै काम गरौँ भन्दा पनि बजारमा सहमति भएन अहिले पैसाको समस्या देखिरहेको छ ।”

हाललाई बजार मात्र हैन बजारको बिचबाट दक्षिण झर्ने बाटो स्तरोन्नतिको प्रतिक्षामा छ । लामो समय स्थानिय तहमा जनप्रतिनिधी नहुँदा बिकास पर्खिएको बजार जनप्रतिनिधिको पहलमा व्यवस्थित भैरहँदा त्यसको नजिकैका बाटा, सार्वजनिक भवनको स्तरोन्नति र बजारको व्यवस्थापनमा पनि स्थानियले आशा गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च