‘शंकास्पद वस्तु’ राखेको अभियोगमा झापामा पुजारीसहित ४ जना पक्राउ

बिर्तामोड – झापाको बिर्तामोड र दमकमा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु राखेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाले प्रदेश प्रहरी कार्यालय, विराटनगरसँगको समन्वयमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

EPIC EPIC EPIC

घटनामा ‘हिमाल सुरक्षा परिषद्’सँग जोडिएका एक पुजारीसहित चार जना पक्राउ परेको प्रहरीले बतायो । प्रेसर कुकुर दिने महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाविरुद्ध विष्फोटक पदार्थ ऐन, २०१८ अनुसार म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बतायो ।

घटनामा संलग्न एक जना अझै फरार छन् । झापाको बिर्तामोडमा ९ माघ र दमकमा १३ माघमा प्रेसर कुकुर बम जस्तो देखिने विष्फोटक पदार्थ बरामद भएको थियो । सेनाले त्यसलाई डिस्पोज गरेको थियो ।

घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद्को नाममा एउटा पर्चा बरामद गरेको थियो । त्यसमा हिन्दु राष्ट्र स्थापना हुनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, एमसीसी सम्झौता खारेज हुनुपर्ने लगायतका माग उल्लेख गरिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च