शिक्षक आन्दोलन कसको र केका लागि थियो ?

सिमरा । ब्रहमदेव पासवान एक शिक्षक हुन् जसले आफुले अध्ययन गरेको बिद्यालय बाराको सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २०३९ साल देखी करिब ४१ बर्ष प्रावि शिक्षकको रूपमा काम गर्दै आईरहेका छन् । अबको २ बर्ष पछि उनको उमेरहदका कारण अवकाश हुनेछ ।

आफ्नो जिवनको ४१ वर्ष बिताएको र सेवा गरेको ठाउँबाट एकाएक उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाले हरपुर सरूवा गर्यो । आर्थिक रूपले कमजोर र कुनै सवारी साधन समेत नभएका उनका लागी हरपुर अपायक ठाउँ हो तर उपमहानगरले सरूवाको पत्र विद्यालयमा पठाएपछि उनी कार्यरत बिद्यालयले उनीसंग कुनै सोधखोज नगरी रमाना पत्र थमायो ।

EPIC EPIC EPIC

आफुले ४१ बर्ष बिताएको ठाउँ, अबको २ वर्ष बाकि जागिर जिवन तथा आर्थिक रूपले कमजोर रहेकाले उनी चुपचाप जहा सरूवा गरेको हो त्यही गए । तर त्यहां उनलाई हाजिर गर्न दिईएन । उनले यस बिषयमा उपमहानगरपालिकामा निबेदन पनि दिए तर कुनै सुनुवाइ भएको छैन । बिगत एक महिनादेखि उनले हाजिर गर्ने ठाउँ पाएनन् ।

आफुले अध्यापन गराइराखेको विद्यालयले रमाना दियो । उनका ठाउमा अर्कोलाई नियुक्त गरियो । जहा पठाएको त्यहा हाजिर गर्न नदिएपछि दशैंको मुखमा तलब आउने नआउने कुनै ठेगान छैन । एक छोरा गुमाईसकेका उनी शारीरिक रूपमा कमजोर छन् ।

आज सम्म कुनै दल, न त कुनै नेता, न कुनै व्यक्ति कसैको झोला नबोकेका एक सिधासोझा शिक्षक जसले पढाएका धेरै बिद्यार्थी आज कोहि उच्च पदमा छन् । कोहि नेता भएका छन् । कोहि जनप्रतिनिधि भएका छन् । कोहि सोहि विद्यालयमा सहकर्मी भएका छन् । कोहि सोहि बिद्यालयका व्यवस्थापन समितिमा छन् तर उनको समस्याको समाधान गरिदिने मान्छे उनले भेटेका छैनन् ।

उनको समस्या समाधान पनि भएको छैन । आजभोली उनी कहिले उपमहानगरको कार्यालय त कहिले आफ्नो पिडामा बोलिदिने कोहि भेटिएलान् कि भनेर चोकचौतारा धाउदै छन् । उनका बारेमा सबै थाहा भएर पनि थाहा नभए झै गरेर बसेका छन् – सम्बन्धित निकाय ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च