Search
Close this search box.
Search
Close this search box.

शिक्षा बहुउद्देश्यीय सहकारीद्वारा बालबालिकालाई न्यानाे कपडा वितरण

बिर्तामोड– शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोड-४ ले सरकारी विद्यालयमा अध्ययनरत विपन्न समुदायका बालबालिकालाई स्वीटर वितरण गरेको छ ।

शिक्षासँग बालबालिका कार्यक्रमअन्तर्गत सहकारी संस्थाले बिर्तामोडकाे पञ्चरत्न माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण गरेको हो ।

EPIC EPIC EPIC

पञ्चरत्न माध्यमिक विद्यालयका ८६ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएकाे सहकारी संस्थाका अध्यक्ष सुब्रत न्याैपानेले बताउनुभयो । अध्यक्ष न्यौपानेसहित संस्थाका उपाध्यक्ष हेमराज मिश्र, सञ्चालक सदस्य चीजा राई, उषा राई, नवराज कडरिया र चैतुवारी सेवा केन्द्र प्रमुख कल्पना काेइराला स्वीटर वितरणका लागि विद्यालयमा पुग्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा बाेल्दै शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष न्यौपानेले बालबालिकाका लागि सहयोग गर्न सधैँ तयार रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका शिक्षा शाखा अधिकृत केसर खवासले बिपन्न समुदायका बालबालिकालाई न्यानो कपडा वितरण गरेर शिक्षा सहकारी संस्थाले प्रशंसनीय काम गरेको बताउनुभयो ।
उक्त अवसरमा सहारा नेपालसहित दाता दीपा प्रसाई र उनकाे समूहले उपलब्ध गराएको स्वीटर थप २२७ जना विद्यार्थीलाई वितरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष संग्रौलाले जानकारी दिनुभयो ।

यसअघि शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले झापाको अर्जुनधारामा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा आश्रित बालबालिकालाई बाल दिवसको अवसर पारेर खाद्यान्न तथा दैनिक उपभोग्य र स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *