शीला ‘बोजु’ले दिइन् पत्रकार महासंघको उपचार कोषलाई २५०००

बिर्तामोड, चैत १६ । सञ्चारकर्मी शीला उप्रेती ‘बोजु’ले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई २५हजार रुपैयाँ प्रदान गरेकी छिन् । बुधबार आफ्नो जन्मोत्सवको अवसर तथा पत्रकार महासंघको ६७ औं स्थापना दिवसको समेत सन्दर्भ पारेर उनले उक्त रकम प्रदान गरेकी हुन् ।  


बेजुले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त नगद प्रदान गरेकी हुन्  । हाल कलमनेपाल डटकममा आवद्ध बिर्तामोड निवासी सञ्चारकर्मी बोजु कलाकार तथा टेलिभिजन र रेडियो कार्यक्रम प्रस्तोता हुन् । उनले यसअघि लामो समय सूर्योदय टेलिभिजनमा ‘बोजुको बलेसी’ , रेडियो बिराटमा ‘बोजुसंगको कुराकानी’ नामक कार्यक्रम प्रस्तुत गरेकी थिइन् । विवेचना दैनिकबाट सञ्चार क्षेत्रमा प्रवेश गरेकी बोजुले कञ्चनजंघा एफएममा प्रस्तुत हुने नाटकमा कलाकारको समेत भूमिका निर्वाह गरेकी थिइन् ।

EPIC EPIC EPIC EPIC EPIC


बिर्तामोडमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाई, अग्रज पत्रकार लक्ष्मण ढकाल, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, कलमनेपाल डटकमका सम्पादक मीनप्रकाश उप्रेती लगायतको सहभागिता थियो ।


बेजुले जन्मोत्सवमा परोपकारी काम गरौं भन्ने भावनाले  पत्रकारको दिगोे हितमा योगदान गर्न र अरुलाई पनि सहयोगका लागि प्रेरित गर्न सहयोग गरेकोे बताइन् । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *