काठमाडौं– अघिल्लो साता कारोबार हुने अन्तिम दिन अर्थात गत बिहीवार १६० दशमलव ३३ अंकले घटेको नेप्से आइतवार भने ह्वात्तै छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १११ दशमलव ७० अंकले बढेको छ ।
आइतवार ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँका कारोबार हुँदा नेप्सेको पुँजीकरण पनि ४ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ ।
आइतवार नेप्सेमा २ सय ५२ वटा कम्पनीको कारोबार भएकोमा २२४ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने २८ वटा कम्पनीको सेयर मूल्य घट्यो ।
आइतवार नेप्सेमा भएको सेयर कारोबारमा ९ वटा विभिन्न कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सर्किट लाग्यो । आजको सेयर कारोबारमा म्यूचुअल फन्ड र निर्जीवन बिमा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।