श्रीकृष्ण प्रणामी युवा परिषद् बुधबारेको अध्यक्षमा छत्रमणि कोइराला

बुधबारे । श्रीकृष्ण प्रणामी युवा परिषद् बुधबारेको साधारण सभाले शनिबार समिति पुनर्गठन गरेको छ। श्रीकृष्ण प्रणामी मन्दिर मूल समितिको सहजीकरणमा सम्पन्न सभाले छत्रमणि कोइरालालाई आगामी तीन वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

सभालाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष जीवन गौतमले गत वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्यदिशाबारे सुझाव व्यक्त गर्नुभएको थियो। सभाबाट १३ सदस्यीय युवा परिषद् समिति निर्वाचित भएको छ।

EPIC EPIC EPIC

नव निर्वाचित पदाधिकारीमा अध्यक्ष छत्रमणि कोइराला, उपाध्यक्ष कृष्ण ढकाल, सचिव नरेन्द्र बराल, सहसचिव नवराज कोइराला, कोषाध्यक्ष नवीन निरौला, सदस्य कुमार कार्की, ओम प्रकाश दुलाल, निराजन गौतम, निरज अधिकारी, सन्देश अधिकारी, गौरव ढकाल र युवराज आचार्य चयन भएको जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *