श्रीमानको लाश अँगालेर बसिन् हिमांशी, विवाहपछि छुट्टी मनाउन गएका थिए

जम्मू–कश्मीरमा हालै भएको हिंसात्मक घटनामा भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवालको मृत्यु भएको छ। उनको मृत्युले देशभर शोकको लहर फैलिएको छ।

लेफ्टिनेन्ट विनयको मृत्यु झन् दर्दनाक बनेको छ, किनभने उनको बिहे भएको मात्र ६ दिनको मात्र भएको थियो। विवाहपछि पत्नी हिमांशीसँग समय बिताउन उनीहरू कश्मीर गएका थिए। “उनीहरू स्विट्जरल्याण्ड जान चाहन्थे, तर भिसा नपाएपछि कश्मीरको योजना बनाए,” एक नजिकका परिवार सदस्यले जानकारी दिए।

EPIC EPIC EPIC EPIC EPIC

विनय नरवाल आफ्नो परिवारका एकमात्र छोरा थिए। उनी गत हप्ता मात्रै धूमधामका साथ विवाह बन्धनमा बाँधिएका थिए। श्रीमती हिमांशीको सँगै बिताउने सपना अझै अधुरै रह्यो।

सामाजिक सञ्जालमा अहिले एउटा तस्बिर व्यापक रूपमा फैलिएको छ, जहाँ हिमांशी विनयको शव नजिकै भुइँमा बसिरहेकी देखिन्छिन्। छेउमा चुपचाप रोइरहेकी उनी, न शब त हटाउन दिन्छिन् न आँसु रोक्न सक्छिन्। यो तस्बिरले हजारौँ मानिसलाई भावुक बनाएको छ।

देशका लागि ज्यान दिएका लेफ्टिनेन्ट विनयको बलिदान सधैं सम्झिने गरी रहन्छ। तर प्रेम, सपना र जिन्दगीका आशाहरूको यस्तो अन्त्यले सबैको मन भारी बनाएको छ।

– विनयलाई श्रद्धाञ्जली। हिमांशीका आँशुहरूलाई सम्मान।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *