श्रीमावि बर्नेमा सहायक प्रअ कार्कीले इमिस कोर्डको दुरुपयोग गर्दा विद्यार्थीलाई समस्या

बुद्धशान्ति (पालिका सन्देश) । झापाको बुद्धशान्ति–४ बर्नेमा रहेको एक माध्यमिक बिद्यालयले विद्यालयमा एसईई उत्तीर्ण भई अन्यत्र गएको एक विद्यार्थीको इमिस कोर्ड( IEMIS) अर्थात (एकीकृत शैक्षिक सुचना ब्यवस्थापन प्रणाली)को दुरुपयोग गरेको पाइएको छ ।

श्री माध्यमिक विद्यालय बुद्धशान्ति ४ बाट एसईई पास भई सोही वडाको अर्को विद्यालयमा अध्ययन् गर्न गएकी बुद्धशान्ति–४ की एक विद्यार्थीको इमिस कोर्ड विद्यालयले दुरुपयोग गर्दै उनको नामको इमिस कोर्ड अन्यत्र विद्यालयमा ट्रान्सफर गरेको र हाल कक्षा ११ को रजिस्टे«सन फर्म भर्ने बेलामा चाहिँदा उक्त कोर्डको दुरुपयोग भएको पाइएको छ ।

EPIC EPIC EPIC

उक्त विद्यार्थीका अभिभावकले विद्यालयमा गएर पटक–पटक आफ्नो नानीको इमिस कोर्ड ट्रान्सफर गरिदिन भनेतापनि करिब तीन महिना वित्दा पनि विद्यालयले उक्त कोड दिन नसकेको र उल्टै विद्यार्थीको कोर्ड डिलिट भयो भन्दै गैर जिम्मेवारी जवाफ विद्यालयका सहायक प्रधानाध्यापकले दिएपछि अभिभावकले सामाजिक संजालमा समेत गुनासो राखेकी छिन् । बुद्धशान्ति ४ की एक अभिभावकले यस्तो गुनासो सामाजिक सञ्जालमा राखेकी हुन् । उक्त विद्यार्थीकी आमाले भनिन्“ विद्यालयले गरेको ढिलासुस्ती र नानीको इमिस कोर्ड हराएको भनेपछि आँफू तनावमा परेको बताइन् ।“उनले भनिन्,–छोरीसंगै पढ्ने साथीहरुको चाहिँ नहराउने मेरो छोरीको चाँहि कसरी हरायो ? यो विद्यालयले नियतबस गरेको हो ।

यसरी बाहिरियो सहायक प्रअ कार्कीको त्रुटि !
श्रीमाध्यमिक विद्यालयबाट एसईई पास गरि नजिकैको अर्को उच्च माविमा अध्ययन गर्न थालेकी उक्त विद्यार्थीको भर्ना गर्ने बेलामा आवश्यक कोर्डसहितको प्रमाणपत्र विद्यालयसंग माग गर्दा उनी अध्ययन् गर्न गएको विद्यालयमा इमेल गरि पठाइसकिएको सहायक प्रधानाध्यापक भोजराज कार्कीले जानकारी दिएको तर उक्त विद्यालयले प्राप्त नगरेको जनाएपछि विद्यार्थी र अभिभावक सहित बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा पुगेर खोजी गर्दा उनको कोर्ड अर्कै विद्यालयमा ट्रान्सफर गरि दर्ता गराइएको पत्ता लागेको हो ।

विद्यालयको इमिस कोर्डसंगै कम्प्युटरको कामको जिम्मा पाएका सहायक प्रधानाध्यापक कार्कीको त्रुटिका कारण विद्यार्थी र अभिभावकले दुख पाएपछि बुद्धशान्ति गाउँपालिका शिक्षा शाखामा सम्पर्क गर्दा उनको अर्को विद्यालयमा दर्ता रहेको जनाएको र आवश्यक सहजीकरण पछि उनको तथ्यांक सच्चिएपछि मात्रै उनको कक्षा ११ भर्ना फाराम भर्ने प्रक्रिया सम्पन्न भएको थियो ।
उक्त बिषयमा विद्यालयका प्रधानाध्यापक टंक घिमिरेसंगै पालिका सन्देशको टिमले कुराकानी गर्दा उनले पनि विद्यालयले गरेको गल्ती स्वीकारेका छन् । उनले आफू प्रशासनिक काम हेर्ने गरेपनि इमिस कोर्डसंगै कम्प्युटरको कामको जिम्मा सहायक प्रधानाध्यापक भोजराज कार्कीलाई दिएको र उहाँकै गल्ती र त्रुटिका कारण विद्यार्थी समस्या परेको बताए ।

सहायक प्रअको नीजि विद्यालयको व्यवस्थापक
विद्यालयका सहायक प्रधानाध्यापक एक नीजि विद्यालयको पनि ब्यवस्थापक रहेको पाइएको छ । सरकारी तलब बुझेर खुलेर नीजि विद्यालयको ब्यवस्थापक रहेको पाइएको छ । स्थानीय एक अभिभावकले आफ्नो नाम नबताउने सर्तमा सहायक प्रअले भर्खरै मात्र बुद्धशान्ति ४ को मुनामदन एकेडेमीको ब्यवस्थापन जिम्मा लिएको बताए । यसकारण पनि ११ र १२ मा विद्यार्थी तान्न आफूले विद्यार्थीको नियतबस इमिस कोर्ड उनकै ब्यवस्थापन रहेको विद्यालयमा लगेको स्थानीय अभिभावकले जनाएका छन् ।

ब्यानर फोटो ः विद्यालयको फेसबुक पेजबाट लिइएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *