Search
Close this search box.
Search
Close this search box.

संखुवासभा सामूहिक हत्यामा आफन्तकै संलग्नता, भतिजो पर्ने पक्राउ

संखुवासभा(पालिका सन्देश)- संखुवासभाको मादी नगरपालिका–१, उमलिङका तेजबहादुर कार्कीको परिवारको सामूहिक हत्या परिवारकै आफन्तले गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कार्कीको परिवारको हत्या उनकै भतिज पर्ने २६ वर्षीय लोकबहादुर कार्कीले गरेकाे खुलेकाे हाे । लोकबहादुरको साथबाट प्रहरीले हत्या गर्न प्रयोग गरिएको हथौडा र रगतले लत्पतिएको कपडासमेत बरामद गरेको दाबी गरेको छ ।

EPIC EPIC EPIC

उनको घर तेजबहादु कार्कीको घर नजिकै रहेको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धन अघि बढाएको प्रहरी स्रोतले बताएको छ । उनलाई आइतबार पत्रकारसम्मेलन मार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

२१ भदौमा तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, दीपक कार्की र नातिनी गोमा कार्कीको सामूहिक हत्या भएको थियो । घटनामा तेजबहादुरका ९० वर्षीय बुवा बौद्धमान कार्की भने बाचेका थिए ।

घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धन ब्युरो (सीआईबी) संघीय प्रहरी कार्यालय धरान, तथा जिल्ला प्रहरी कार्यालय संखुवासभाले सामूहिक रूपमा गरेको थियो । अभियुक्त पक्राउ परेपछि सीआईबीकाे टाेली शनिबार नै फर्किने भएकाे छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *