संविधान दिवसमा ६७० कैदीलाई कैद माफ दिइँदै

सरकारले ६७० जना कैदीको बाँकी कैद कट्टा गरी आममाफी दिएको छ। संविधान दिवसको अवसरमा असल आचरण भएकाहरूलाई भोलि संविधान दिवसको दिनदेखि लागू हुने गरी कैद माफी गरिएको हो। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, कारागार नियमावली, २०२० को साविकको नियम १ र १(क) लाई कायमै गर्ने गरेको सर्वोच्च अदालतको रिट नम्बर ०७६–WO– ०९३९ र रिट नम्बर ०७९–WH–०१४७ को फैसला तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ समेतका आधारमा संलग्न सूची बमोजिम उनीहरूको कैद मिनाहा गरिएको जनाइएको छ।

राष्ट्रपति कार्यालयका अनुसार भीमबहादुर खवाससमेत ४९७,  हर्कबहादुर लिम्बुसमेत १७० र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँसमेत जम्मा ३ गरी कुल ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिएको हो।

EPIC EPIC EPIC EPIC EPIC

मन्त्रिपरिषद्को भदौँ २९ को बैठकको सिफारिस बमोजिम यही असोज ३ गतेदेखि लागू हुने गरी संविधान दिवस, २०८० को अवसरमा राष्ट्रपतिबाट कैद माफी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *