सगरमाथा आरोहण गर्ने दुई प्रहरीको विशेष बढुवामा


विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वय पदोन्नत भएका छन्। दुबै सुरक्षा निकायका प्रमुखहरूले उनीहरूलाई एक तह विशेष बढुवा गरेका हुन्।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कालीदास धौवाजीका अनुसार सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई सशस्त्र प्रहरी नायब निरीक्षकमा विशेष बढुवा गरिएको हो।

EPIC EPIC EPIC

त्यसैगरी, नेपाल प्रहरीका प्रवक्ता डिआइजी रमेश थापाले प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई पनि प्रहरी नायब निरीक्षकमा विशेष बढुवा गरिएको जानकारी दिएका छन्।

छत्याल र शेर्पा दुबैले हालै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए। उनीहरूको अद्वितीय साहस र प्रतिबद्धतालाई कदर गर्दै सम्बन्धित निकायले विशेष बढुवाको निर्णय गरेका हुन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च