सन्दीप लामिछाने विरुद्धको सुनुवाइ आज पनि स्थगित

नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौँका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको हो ।

EPIC EPIC EPIC

यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात माग गरेको थियो ।

आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो। स्थानीय तहबाट कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिएको थियो ।   

असोज १ गतेका लागि पेशी तोकी अन्तिम सुनुवाइ भनेपनि न्यायाधीशको अभावका कारण उक्त मुद्दा स्थगितको सूचीमा परेको हो। काठमाडौँ जिल्ला अदालतका श्रेष्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार गोला तान्दा सन्दीपको मुद्दा रहेको फाँटको गोला नपरेपछि उनको मुद्दा स्थगितको सूचीमा परेको हो। अर्को सुनुवाईको मिति तोकिएको छैन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च