सप्तकोशी नदीमा पानीको बहाव उच्च, बेलका क्षेत्र उच्च जोखिममा

सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ ।  

सोमबार बिहान ६ बजेको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा राति ८ बजे गरिएको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड रहेको थियो । 

EPIC EPIC EPIC EPIC EPIC

सोमबार राति १० बजेको मापनअनुसार एक लाख ७९ हजार ७४० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । अहिले ५२ वटा मूल र चार वटा नहरका ढोकामध्ये १९ वटा खुला गरिएको उनले बताए । 

कोशी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातोबत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

विसं २०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।

उदयपुरको बेलका उच्च जोखिममा

तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा छ । बेलका–२, ३, ६ ८ र वडा नं ९ का सप्तकोशी आसपासका गाउँघर सप्तकोशीको बाढी तथा डुबानको जोखिममा परेका हुन् ।

बेलका–२, ३, ६ ८ र वडा नं ९ सप्तकोशी आसपासका गाउँघर क्षेत्र नदी कटानको जाखिममा पर्न थालेका बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताइन् । नदीको बहाव बढ्दै गएपछि गाउँ कटानको जोखिम हुनसक्ने भन्दै उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षाकर्मीको टोलीले स्थलगत अवलोकन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार बेलकाको सप्तकोशीको कटानयुक्त क्षेत्रको अवलोकन र स्थलगत भ्रमण गरेर जानकारी लिइएको बताए ।

अवलोकन गरी स्थानीयवासीलाई सतर्क रहन तथा सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न आग्रह गरे । 

बेलका नगरपालिकाको कोठु, डुम्रीबोट, सिसौलीलगायत क्षेत्रमा पानीको बहाव कोशी किनार नाघेर बाहिर आउन थालेकाले स्थानीयलाई सतर्क रहेर बस्न भनिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *