Search
Close this search box.
Search
Close this search box.

सबै व्यवसायीलाई अनिवार्य करको दायरामा ल्याइने

बुद्धशान्ति । आन्तरिक राजश्व कार्यालय झापा भद्रपुरको आयोजना र बुद्धशान्ति उद्योग बाणिज्य संघको समन्वयमा “कर शिक्षा तथा अन्तर्कृया कार्यक्रम” बुधबारेमा सम्पन्न भएको छ ।


शनिवार उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा बुद्धशान्ति उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेतीको सभापतित्व तथा आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।

EPIC EPIC EPIC

दशौं राष्ट्रिय कर दिवसको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बुद्धशान्तिमा आन्तरिक राजस्व कार्यलयले गरेको यो चौंथो कार्यक्रम हो । जिल्लाका विभिन्न स्थानीय निकायमा यो कार्यक्रम संचालन गर्ने यस कार्यक्रमका प्रमुख अतिथि एवम् कर कार्यालय झापाका प्रमुख रिजालले बताएका छन् ।

उनले व्यवसायीलाई करको बारेमा प्रष्ट पारेका थिए । सवै व्यवासायीलाई करको दायरामा ल्याउने समेत बताउँदै कर तिर्नु सवै व्यवासायीको दायित्व रहेको बताए । उनले राज्य र निजी क्षेत्र बिच सुमधुर सम्बन्धले मात्र देशले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउँदै राज्यले करको दर र क्षेत्र बढाउने भन्दा पनि प्रविधिको भरपुर उपयोग गर्दै करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा कर कार्यालयबाट किरण लिम्बु, सुरेशकुमार महत्तो, नाशु जनक बस्नेत लगायतको बिशेष आतिथ्यता रहेको थियो । उद्योग बाणिज्य संघका उपाध्यक्ष दिपक सापकोटा र महासचिव लक्ष्मीप्रसाद उप्रेतीले कार्यक्रमको सञ्चालन गरेका थिएभने स्वागत पूर्व अध्यक्ष गोविन्दप्रसाद पौडेलले गरेका थिए ।

“स्वेच्छिक कर सहभागीतामा अभिवृद्धि– सुशासन, विकास र समृद्धि” मूल नाराका साथ आयोजित कार्यक्रममा सुरेशकुमार महत्तोले प्रशिक्षण गरेका थिए । कार्यक्रममा विभिन्न सङ्घ–संस्थाका पदाधिकारी, उद्योगी–व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *