- सुमन लेप्चा वाङचु
मैले लगभग १ बर्ष जति जातिय विभेदको बारेमा अध्ययन गरे, धेरैको अन्तवार्ता हेरियो सुनियो? धेरै वुद्विजिविसँग प्रत्यक्ष छलफलबाट बहस सुनियो । मलाई यो लाग्छ, यहाँ जे जति भइ रहेको छ । सबै कुराहरु धर्मसँग सम्बन्धित छ, भागवानसँग सम्बन्धित छ । जो एक रहस्यमय छ । जसको सत्यतथ्य वैज्ञानिकले पत्ता लगाउनु सकेको छैन । जो आफ्नो जीवनभरी भागवान मान्दैन, त्यही मान्छे मर्नेबेलामा भागवानको नाम पुकार्दै देहत्याग गर्छ । हामी त्यही धर्म, संस्कार, रहस्यमय भागवान मान्ने समाजमा हुर्किएको छौ ।
हाम्रो सोच नै यसैको वरिपरि घुमी रहेको छ जो मानसिक सोचसँग सम्बन्धित छ । उदाहरणको लागि “तल्लो जातले छुएको पानी खानु हुदैन, घरभित्र प्रवेश गर्नु हुदैन, मन्दिरमा पस्नु हुदैन, यदि यस्तो भयोभने हामीमा या परिवारभित्र अशुभ हुन्छ“ यो त त्यही भागवान मान्ने धर्म अनि समाजले सिकाएको हो । जो मान्छेको अज्ञात मन(सोच) सँग जोडिएको छ । यो मन(सोच) पनि रहस्यमय छ, जो आफुसँग भएर पनि कहाँ बस्छ थाहा छैन ।
कसैले टाउकोमा देखाउँछ, कसैले छातीमा तर यो मन(सोच) कहाँ बस्छ या रहन्छ, अहिलेसम्म सत्यतथ्य कसैले भन्न सकेको छैन? यो रहस्यमय मनले माथी उल्लेखित उदाहरण व्यवहारमा प्रयोग गर्दा संयोगवस अपवादमा कोहि कसैलाई केही अशुभ भयो होला तर हामीलाई अरु केही चाहिन्दैन? हामी अन्धाधुन्ध अपवादको पछि लागेर त्यही कुराको पक्ष लिन्छौ, सत्य तथ्य के हो बुझ्न तिर लाग्दैनौ? हाम्रो समाजमा हुर्की रहेको त्यही सोचको पछि लाग्छौ । तब सुरु हुन्छ विभेदको पिडादायिक कथाहरु ।
तसर्थ हामी सबैमा कुसंस्कार, कु–परम्परा प्रतिको सोचहरुलाई परिवर्तन गरेर आधुनिक बनाईदैन, सकारात्मक संस्कारलाई सास दिदै नकारात्मक परम्पराहरुको हत्या गरिन्न तबसम्म यसैको फाइदा उठाउदै दलहरुले जातिय राजनीति गरि रहन्छ, यहाँ समाजिक सुरक्षाभत्ता, आरक्षण कोटाहरुको खेलहरु आयोजना भइ रहन्छ । अभियन्ताहरुले पनि नाम र दाम कमाउने स्रोत बनी रहन्छ । यहाँ यसरी नै विभेदलाई बचाउने र बाँच्ने कार्य भइ रहेको हुन्छ ।
जोसँग राज्य संचालनको तालाचाबी हुन्छ, उनीहरुले चाह्योभने १÷२ बर्षमा नै यस्तो पिडाहरु निर्मुल हुन्छ तर के गर्नु त्यही निकायलाई भरसक यो जातिय र वर्गीय पीडाहरुको अन्त्य कहिले नहोसभन्ने सोच छ । भोलिको दिनमा निर्मुल भयोभने केमा राजनीति गर्ने, कसरी पेट पाल्ने एकातिर चिन्ता छ । त्यसैले अहिलेसम्म राज्यमा कानुन त देखावटी बनेको छ, तर लागू गर्नुमा यही राज्यका त्यही दलहरु बाधा बनी रहेको हुन्छ । जो हाम्रो आँखा अगाडी त्यस्ता घटनाहरुको उदाहरण देख्न, हेर्न र सुन्न पाई रहेको छौ ।
अहिले सामाजिक संजालमा “भत्ता र आरक्षण कोटा अस्वीकार गर बाहुनको घरमा जरुर कोठा पाउनेछौ“ भन्दै जातिय विभेदलाई बचाउने एकप्रकार वकालत भइ रहेको छ । वास्तवमा भत्ता र कोटा दिने राज्य हो? किन दियो? के कारणले दियो? यसको उत्तर त्यो दलहरुसँग सुरक्षित हुन्छ जो राज्य संचालन गर्दा ती कार्यहरु गरेका थिए, त्यो अबोध समुदायलाई के थाहा? दियो लियो । तर हामी त्यो राज्य संचालन गर्ने दलसँग प्रश्न नगरी, सरकारको यो कार्यहरुको विरोध नगरी त्यो समुदायलाई कोटा छोड कोठा पाउनेछौ भनेर त्यो समुदायसँग वकालत गरि रहेको हुनेछौ । हामी युवाहरुले जातिय विभेद जो अमानवीय छ, यसको अन्त्य गर्नको निम्ति भुमिका खेल्नु पर्छ भन्ने सोचहरु उत्पादन नगरेर नयाँ नयाँ परम्पराहरुको विस्तार गर्दै जातिय विभेदलाई बचाउन खोज्दै दलहरुलाई जातिय राजनीति गर्नुमा झन उकासी रहेको छौ ।
हामी गरिब देशको धनी जनता हौं । देश गरिब भएर पनि हामी बाची रहेको छौ, यो सुन्दा विश्व नै अचम्मित हुन्छ । देशमा जातिय सङै वर्गीय विभेदको रुखहरु उम्रेका छन । वर्गीय विभेद र जातिय विभेदको सम्बन्ध मन र शरीर जस्तै भएको छ । जातिय विभेद शरीर भयो, जसले पनि देखेको छ । मन वर्गीय विभेद बन्यो, वर्गीय विभेद छ भनेर महसुस हुन्छ देखिएको छैन । यो मन र शरिरले एकार्का संरक्षण गर्नुमा उत्तिकै भुमिका खेलेको हुन्छ । जबसम्म मन र शरिरको पिडाहरु एक अर्कालाई बुझेर त्यसको विरुद्ध आवाज उठाउदैनौ, तबसम्म दलहरुले खेल खेली रहनेछ । हामी प्रयोग भइ रहन्छौ, हामीलाई प्रयोग गरिरहन्छ । भत्ता, कोटा विभिन्न प्रलोभनको पासो थाप्ने कार्य भइ रहन्छ ।
तसर्थ हाम्रो पीडाको आवाजहरु सम्पुर्ण दलहरुमा पुग्नु जरुरी छ, जो जनताहरुको पीडाको विरुद्ध लड्न आएको हौ भन्छ । जबसम्म दलहरुले यो बिषयलाई गहिरो सोचेर अब हामी जातिय राजनीति गर्दैनौ जनताको लागि मात्रै राजनिती गर्नेछौ भनेर व्यवहारमा लागू हुदैन । तबसम्म जातिय र वर्गीय विभेदको सम्बन्ध मन र शरिरको भएता पनि एकार्काको सम्बन्ध ऐतिहासिक भएता पनि एकार्का एक रथको दुई पाङ्ग्रा बनाएर एकार्कालाई दुश्मन बनाउदै प्रयोग गरि रहनेछ । प्रमुख कुरा यो हो कि यो विभेदहरुलाई बचाउने भुमिका राज्य संचालन गर्न जाने दलहरुले गरि रहेको छ । हामी सबैले यो बारेमा गहिरो सोच्यौभने जरुर बुझ्नेछौ ।
हाम्रो लडाई एकापसमा होइन राज्य संचालन गर्ने दलहरुसँग हो । जो कति बाठो छ, ती दलहरुले भ्रातृ संगठनहरु बनाएर जातिय आवाज उठाइ रहेको छौ भन्ने देख्दा हेर्दा सुन्दा बनाउछ तर त्यो भातृ संगठनले त्यो जातिको निम्ति के कस्तो आवाज उठाएको छ, जो अहिलेसम्म कहि कतै केही पनि देखिएको छैन? मात्र एक जातिय संगठनले अर्को जातीय संगठनको विरुद्ध आवाज उठाउन बाहेक । तसर्थ सबैले यो बुझ्न जरुरी छ कि अहिलेसम्म जे जति यहाँ हुदैछ त्यो सबै दलहरुले जातिय राजनीति गरेर भएको हुन । हाम्रो दुश्मन अरु कोहि नभएर हामीले आस्था राख्ने दलहरु हुन । यदि हाम्रा दलहरुले चाहनु होभने या गर्नु होभने हाम्रा दलहरु आफू सरकारमा भएको बेला आमूल परिवर्तन गर्ने थियो । यस्तो विभेदहरुको पीडाहरु भएको सुन्दा अचम्म लाग्ने दिनहरु आउने थियो? दुख त्यहाँ लाग्छ कि माओवादी दलले यो समस्याको सम्बोधन गर्छभन्ने आशा थियो तर त्यो दल पनि त्यही पुरानाहरु जस्तै भयो ।
र अन्त्यमा जबसम्म अहिले भएका दलहरुले जातिय राजनिती होइन जनताको लागि राजनीति गर्नेछौ भनेर सुध्रीएर आउदैन या जातिय होइन जनताको राजनीति गर्नेछौ भन्ने मुल नाराको साथ नयाँ दलको जन्म हुदैन तबसम्म हामीले यो पीडा देख्न पाई रहनेछौ चाहे त्यो सय बर्षसम्म पनि लम्बिनेछ । अहिलेसम्म दलहरु नै यस समस्याहरुको संरक्षक भएर काम कार्य गरि रहेको छ ।
One Response
कटु सत्य।