काठमाडौँ- निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
असोज २ देखि ३ गतेसम्म दलले उम्मेदवारको बन्द सूची आयोगमा पेस गर्नुपर्ने आयोगले सूचना जारी गर्दै जनाएको छ । उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुनअनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने छ ।
यस्तै दलहरूले बन्द सूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेस गर्नुपर्ने छ ।