सरसफाईका लागि कचनकवलका स्थानीयले गाउँपालिकालाई बुझाए ज्ञापनपत्र।

img 20230223 123048

मनिष बराल, कचनकवल।

दक्षिणी झापाको कचनकवल गाउँपालिका वडा नम्बर ६मा बसोबास गर्ने स्थानीयहरुले बजार लगायतका चौक क्षेत्र प्रदुषित भएकाले गाउँपालिकालाई सरसफाइका लागि आह्वान गरेका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

कचनकवल गाउँपालिकाकै मुख्य बजारका रुपमा रहेको बनियानी बजारमा मानिसहरुको चाप अधिक हुने भएकाले यस क्षेत्रलाई आवश्यकता अनुरुप सरसफाई गरिनु पर्ने स्थानीयहरुको माग रहेको छ ।

अत्याधिक धुलोका कारण मानिसको स्वाथ्यमा समेत समस्या आउन थालेको स्थानीयहरू बताउछन्। वडा नम्बर ६ को बजार क्षेत्र भित्र रहेका मुख्य सडक तथा सहायक सडकहरुमा सरसफाई गरि धुलो तथा बर्खायाम अगावै नालाको उचित सरसफाई गरि वातावरणीय प्रदुषणलाई निराकरण गर्न स्थानियहरुले माग गरेका छन् ।

वडा नम्बर६ वरपरका चौक, बजार, अत्याधिक भिडभाड हुने ठाउँ लगायत  बाटो तथा नालाको फोहोर निकास हुने क्षेत्रमा अत्याधित प्रदुषण एवं धुलोका कारणले दैनिक जीवन यापनमा समेत प्रतिकुल असर पर्न थालेका कारण यसको यथाशीघ्र व्यवस्थापन गर्नका लागि गाउँपालिकालाई निवेदन गरेको र आवश्यक परेमा आफूहरूले पनि सहयोग गर्न तत्पर रहेको कुरा स्थानीय तिलक प्रसाद भट्टराइले बताउँनुभयो ।

बनियानी चौक क्षेत्रमा जडान गरिएका सडक बत्तीहरुको मर्मत सम्भार गर्न र आवश्यक ठाउँमा थप सडक बत्तीहरु समेत जडान गरिनुपर्ने भन्दै स्थानीयहरुले गाउँपालिका प्रमुख श्री कलेन्द्र प्रसाद  सिंह राजवंशी लाई ज्ञापन पत्र बुझाएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *