सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु,१७ घाइते

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बस दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ३१ वर्षीय सुमित्रा सुनार र सल्यानको त्रिवेणि गाउँपालिका–६ बस्ने अन्दाजी ४० वर्षीया अनिता बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

EPIC EPIC EPIC

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शनिबार दिउँसो करिब ३ बजे ना६ख ५४६३ नम्बरको बस दुर्घटना हुदाँ अरु १७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले भने ‘ दुई जनाको ज्यान गएको छ । १७ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको छ। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ।’
दाङको तुलसीपुरबाट सल्यानको जयचौरका लागि छुटेको उक्त बस सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानी नजिकै दुर्घटना भएको उनले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *