सवारी दुर्घटनामा अर्जुनधाराका पूर्वगाविस उपाध्यक्षको मृत्यु

बिर्तामोड । बुधबार अपराह्न सवारी दुर्घटनामा झापा अर्जुनधारा नगरपालिका–१० निवासी टंकप्रसाद बरालको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । झापाको शनिश्चरे गाविसका पूर्वउपाध्यक्ष बरालको बुधबार अपराह्न सवारी दुर्घटनामा मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१३ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा अर्जुनधारा नगरपालिका–१० निवासी बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना।३ ख २३५३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको मे।८ प ६४९८ नम्बरको मोटरसाइकललाई प्रगति सामुदायिक वन नजिक ठक्कर दिँदा बराल गम्भीर घाइते भएका थिए । बराललाई तत्काल उपचारका लागि बीएन्डसी अस्पताल, बिर्तामोड लगिएको थियो । तर अस्पताल पुर्‍याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

ट्रक चालक पाँचथर फिदिम नगरपालिका–११ का ३८ वर्षीय ठालुप्रसाद एक्तेन लिम्बुलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रण लिई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *