काठमाडौं । नेपाल प्रहरीकी प्रहरी सहायक निरिक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् ।
शेर्पाले अहिले बिहान ८ः५६ बजे सगरमाथाको शिखरमा पाइला राखेको जनाइएको छ ।
यसअघि उनले लोबुचे हिमालको सफलतापूर्वक आरोहण गरेकी थिइन्।
सगरमाथा आरोहणको तयारीमा रहेकी शेर्पाले प्रारम्भिक चरणको रूपमा लोबुचे हिमाल (६,११९ मिटर) सफलतापूर्वक आरोहण गरेकी हुन्।
आईजीपी दीपक थापाले शेर्पालाई बधाइ दिएका छन् ।
यसअघि आइतबार सशस्त्र प्रहरीका असई दन्तबहादुर छन्त्याल सगरमाथाको शिखर पुगेका थिए ।