सहकारी दिवसको पूर्वसन्ध्यामा झापामा चार स्थानमा दिप प्रज्वलन गरिँदै ‌

झापा । राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा चैत १९ गते झापाका विभिन्न चार स्थानमा दीप प्रज्वलन कार्यक्रम राखिएको छ । झापा जिल्ला सहकारी सङ्घको आयोजनामा बिर्तामोडको मुक्तिचोक, भद्रपुरको मेची रंगशाला, मोचीनगरको धुलाबारी र दमकको गणतन्त्र चोकमा दीप प्रज्वलन कार्यक्रम राखिएको संघका सहव्यवस्थापक सञ्जय ढकालले जानकारी दिनु भएको हो ।

६९औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा झापा जिल्ला सहकारी संघले बिर्तामोडमा राष्ट्रिय स्तरका सहजकर्ता सौनक भट्टले सहकारीकर्मीलाई उत्प्रेरणात्मक प्रशिक्षण दिने कार्यक्रम तय गरेको सहव्यवस्थापक ढकालले जनाउनु भएको हो ।

EPIC EPIC EPIC

दिवसको अवसरमा जिल्ला सहकारी सङ्घले उत्कृष्ट सहकारी संस्थालाई पुरस्कृत गर्नुका साथै विगत वर्षहरुमा झै वार्षिक प्रकाशन सहकारी स्मारिकासमेत विमोचन गर्ने छ ।

दिवसलाई व्यवस्थित रूपमा सम्पन्न गर्न झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रेमकुमार कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

यसैबीच, बिर्तामोड नगरपालिका सहकारी समन्वय समितिले ६९औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरिने कार्यक्रममा सक्रिय सहभागिता जनाउन नगर क्षेत्रभित्रका सबै सहकारी संस्था र सहकारीकर्मीलाई आह्वान गरेको छ ।

आज बसेको समितिको बैठकले झापा जिल्ला सहकारी सङ्घद्वारा आयोजित उत्प्रेरणात्मक कार्यक्रम तथा पूर्वसन्ध्यामा हुने दीप प्रज्वलन कार्यक्रममा अधिक सहभागिताका लागि आग्रह गर्ने निर्णय गरेको समितिका संयोजक सुब्रत न्यौपानेले जानकारी दिनुभयो । बिर्तामोड क्षेत्रका सहकारीकर्मीलाई मुक्तिचोकमा भेला हुन उहाँले अनुरोध पनि गर्नुभयो ।

‘उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता’ भन्ने मूल नारासहित यस वर्षको सहकारी दिवस मनाउन लागिएको पालिका समन्वय समितिका संयोजक न्यौपानेले बताउनु भयो ।

बैठकका प्रमुख अतिथि जिल्ला सहकारी सङ्घका सदस्य एवम् पालिका इन्चार्ज युवराज गौतमले कार्यक्रमको तयारी तथा व्यवस्थापन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

बैठकले समन्वय समितिको वार्षिक कार्ययोजना तयार गर्न समितिका सचिव किशोर भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्ययोजना निर्माण उपसमिति गठन गरेको छ ।

उपसमितिमा युवराज पाण्डे र भीमकुमारी लिङ्देन सदस्य रहनु भएको छ । उपसमितिले चैत महिनाभित्र कार्ययोजना तयार गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी, बैठकले कर्जा असुली प्रक्रियामा आवश्यक समन्वय र सहजीकरणका लागि नगरपालिकासँग आग्रह गर्ने निर्णय पनि गरेको छ ।

समन्वय समितिका सचिव भट्टराईका अनुसार सहकारी क्षेत्रका साझा समस्यामा स्थानीय तहसँग सहकार्य बढाउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकले पालिका सहकारी समन्वय समिति निर्माण प्रक्रियामा भूमिका खेलेको भन्दै झापा जिल्ला सहकारी सङ्घप्रति धन्यवाद व्यक्त गर्ने निर्णयसमेत गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च