सांसदलाई बाढी पीडित महिलाको थप्पड

भारतको हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् । 

सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला एक जना बाढीपीडित महिलाले ‘तिमी अहिले किन आयौ ?’ भन्दै भीडबाट निस्केर थप्पड हानेकी हुन् । पानीको समुचित व्यवस्था नहुँदा बाढी आएकामा क्रुद्ध उनले सांसदलाई पिटेकी हुन् । उक्त घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा महिला र अन्य स्थानीयले ‘तिमी अहिले किन आयौ ?’ भनेको सुनिन्छ । सांसद सिंहलाई उनका निजी सुरक्षा अधिकारीहरूले उद्धार गरेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महिलालाई माफ गरिदिएको र उनीविरुद्ध कुनै कानुनी कारबाही नगर्ने बताए । हरियाणामा अविरल वर्षाका कारण आएको बाढीका कारण १० जनाको ज्यान गएको छ र  मुख्यमन्त्री मनोहर लाल खट्टरले बुधबार ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

मुख्यमन्त्रीले बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई रु चार लाख राहतस्वरुप प्रदान गरिने घोषणा पनि गरेका छन् । विगत चार दिनदेखि हरियाणामा मात्र नभई हिमाचल प्रदेश, उत्तराखण्ड र पञ्जाबमा लगातारको वर्षाले राज्यका केही जिल्लामा जनजीवन अस्तव्यस्त भएको छ । हालसम्म ९१ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *