साउनमा मात्रै १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्सउ नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनाको तथ्यांक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकको अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।

EPIC EPIC EPIC

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमि आएको छ । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३९ हजार १५२ रहेका छन् ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आएको छ । पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १६ हजार ४२३ कायम रहेको जनाइएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले वृद्धि भई १ खर्ब २८ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च