काठमाडौं । साढे ६ दशकपछि हुलाक टिकट नेपालमै छाप्न सुरु भएको छ । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडलाई ८० लाख थान छाप्न जिम्मा दिएपछि नेपालमै हुलाक टिकटको पुनः छपाइ सुरु भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार विसं २०१६ सम्म नेपालमै टिकट छाप्ने गरिए पनि त्यसपछि विदेशमा छाप्न पठाउने गरिएको थियो । यसै वर्ष वर्षदेखि जनक शिक्षा सामग्रीसँग समन्वयमा विभागले छपाइ सुरु गरेको उनले बताए ।



















