बाह्रदशी। एक किशोरीलाई सात दिनसम्म जबरजस्ती करणी गरेको अरोपमा झापाका बाह्रदशी गाउँपालिका–२ का एक युवा पक्राउ परेका छन् ।
एक १७ वर्षीया किशोरीलाई बलात्कार सात दिनसम्म करणी गरेको आरोपमा बाह्रदशी–२ का २० वर्षीय अजय शर्मा खत्वे पक्राउ परेका हुन् । आरोपित खत्वेले खोटाङको दिक्तेलरुपाकोट मझुवागढी–१ मा असोज १० देखि १७ गतेसम्म जबजरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
किशोरीको उजुरीको आधारमा पक्राउ परेका खत्वेलाई झापाबाट खोटाङ नै पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्रोतका अनुसार आरोपित खत्वे र पीडित भनिएकी किशोरीबीच
प्रेमसम्बन्ध रहेको र उनीहरुले भागी विवाह गरेको बताइएको छ ।



















