साना किसान कृषि सहकारी बुधबारे पुरस्कृत

award handed1

झापा । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव शनिवार देशभर इलाकास्तरीय कार्यक्रम गरी मनाइएको छ । विगतमा साना किसान विकास बैंक भनिँदै आएको संस्थाको साविक मेची अञ्चलका जिल्लाहरु हेर्ने इलाका कार्यालयले बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाका ईलाका प्रबन्धक सुबास गौतमको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहमा साना किसान कृषि सहकारी संस्था बुधबारेलाई पुरस्कार स्वरुप २० हजार रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरिएको छ । सहकारी संस्थाका अध्यक्ष केशब सापकोटासहित उक्त सहकारीको टिमलाई सामुहिक रुपमा उक्त पुरस्कार रकम र प्रशंसापत्र हस्तान्तरण गरिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा इलाका प्रबन्धक गौतमले साना किसान विकास अभियान ग्रासरुटमा पुर्याउने योजना रहेको बताए । वार्षिकोत्सव कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै स्वागत मन्तब्य व्यक्त गरेका प्रबन्धक गौतमले साविक मेची अञ्चलका ४ वटै जिल्लाहरू हेर्नेगरी स्थापित इलाका कार्यालयले गरेका कामहरुको बारेमा भनाई राखेका थिए ।

उनले अब छिट्टै साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसीबीच एकीकरण भई अझ ठूलो वित्तीय सक्षमता बढाउने तयारी भइरहेको पनि जनाए । इलाका प्रबन्धक गौतमले अबका कार्यक्रमहरु पाँचथर ताप्लेजुङ जिल्लाको स्थानीय तहमा लैजाने तयारी गरिरहेको पनि जानकारी गराएका छन् ।

कार्यक्रममा संस्थाका अधिकृत द्रोण घिमिरेले साना किसान विकास लघुवित्त वित्तीय संस्थाको विकासक्रम बारे प्रकाश पारेका थिए । २०५८ सालमा घ वर्गको वित्तीय संस्थाको रुपमा यसको स्थापना भएको अवगत गराउँदै घिमिरेले हाल संस्थाको वित्तीय पहुँच ८८ अर्ब रुपैयाँ पुर्याइएको जानकारी दिए ।

२०७९ पौषसम्ममा साना किसान लघुवित्तबाट ३२ अर्ब रुपैयाँ र स्थानीय सहकारीहरुबाट ५६ अर्ब रुपैयाँ परिचालनभएको र महिला सहभागिता ७९ प्रतिशत पुगेको तथ्याङ्क अधिकृत घिमिरेले प्रस्तुत गरे ।

सो समारोहका प्रमुख अतिथि कोशी प्रदेशको कृषि, उधोग तथा सहकारी मन्त्रालय अन्तरगत योजना महाशाखा प्रमुख पशुपति पोखरेलले जनतासँग रकम चलायमान गराउन साना किसान विकास बैङ्क सहयोगी साबितभएको बताए । स्रोतका सिमितताले सबै जनतासँग नपुगेको भए पनि रकम चलायमान बनाउन साना किसान विकास बैंकहरु सहयोगी बनेका उनको भनाई छ ।

वित्तीय संस्थाहरुले लगानी गरेको कर्जा सदुपयोगिता बारे लगानीकर्ताले नियमित अनुगमन गर्नुपर्छ भन्ने सुझाव दिँदै महाशाखा प्रमुख पोखरेलले सम्बन्धित काममा नै लगानी गरेर भएको उत्पादनको बजारीकरणको लागि पनि यस्ता टायरहरुले सहयोग गर्नु जरुरी रहेको औंल्याए ।

सहकारी संस्थाहरूले किसानलाई उत्पादन विविधीकरण गर्न सिकाउनु पर्छ भन्दै उनले सीप सिकाउने तालिम कुन वर्गलाई दिइयो र निजले पाएको तालिम ब्यवहारमा लागू भयो वा भएन भन्ने कुरामा ध्यान दिनु पर्ने पनि सुझाव दिए ।
जापान इजरायलजस्ता देशहरूमा कृषि उत्पादन र प्रविधिको प्रयोग सबै यहाँ लागू गर्न सकिँदैन भन्दै पोखरेलले भने ‘क्यापिटल इन्भेष्टमेन्ट गर्दा सोच्नु पर्छ । रिटर्नमा आउनेभन्दा बढी इन्भेष्टमेन्ट गर्ने गल्ती गर्न हुँदैन ।’


कार्यक्रममा पुरस्कृत संस्थाको तर्फबाट मन्तब्य राख्दै अध्यक्ष केशब सापकोटाले पुरस्कार पाउँदा १३०० सदस्यहरु खुसी भएको प्रतिक्रिया दिए । ‘यो सम्मान र पुरस्कार मैले पाएको होइन, सिंगो टिमको इफोर्ट हो’ अध्यक्ष सापकोटाले भने, ‘उत्कृष्टको पुरस्कार त पाइयो तर कति अंक पाइयो, थोरै मात्र अंकले पुरस्कार पाएको पक्कै होइन होला’ भनी जिज्ञासा पनि राखे ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सेयर धनी संस्था कृषि सहकारी संघको तर्फबाट केन्द्रीय उपाध्यक्ष मिना ढकालले महारानीझोडाले २५ वटा संस्था अनुसरण गरेकोमा अब ७ वटामात्र बाँकी रहेका र आज पुरस्कार पाउने संस्था पनि हामीले अनुसरण गरेको संस्था नै परेकोमा खुसीव्यक्त गरिन् । अहिले बजारमा कर्जा तिर्न पर्दैन, ब्याज तिर्न पर्दैन भन्ने अफवाह फैलाइएकाले सचेत र शिक्षित बनाउनेतर्फ आवश्यक काम गर्न सहकारी संस्थाहरुलाई सुझाव दिइन् ।


सो कार्यक्रमका अर्का वक्ता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख रबिन्द्र सुवेदीले बैंकले कृषिमा महत्वपूर्ण लगानीगरेकोमा धन्यवाद दिए । गरिबी अन्त्य गरी भोकमारी रोक्ने अभियान २०३० भित्र पूरा गर्ने लक्ष्यमा पुग्न वित्तीय संस्थाहरुले कृषि उत्पादन बढाउनेतर्फ लगानी गर्न पनि सुझाव दिए ।

बंगलादेशका मोहम्मद युनुसले सुरु गरेको लघुवित्त नराम्रो अभियान होइन भन्दै उनले यसको सकारात्मक पक्ष पछ्याउन आग्रह गरे। ईजरायलमा सीप सिकेर आएका युवा परिचालन गरी कृषिमा लगानी बढाउनु पर्छ भन्ने बताउँदै उनले विदेशिएका युवालाई रोक्न बैंकहरुले कृषिमा लगानी बढाउनु पर्छ र कर्जाको ब्याजदर घटाउन अनिवार्य रहेको सुझाव दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *