साम्पाङको आदेश उल्टाउँदै अदालतको फैसला : खतिवडालाई नियमित काममा राख्नू

विराटनगर ।‌ सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले शिक्षा महाशाखा प्रमुखलाई ‘बिदामा बस्नू’ भनी गरेको पत्राचारमा अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
 
उच्च अदालत विराटनगरले महाशाखा प्रमुख गणेश खतिवडालाई नियमित काम गराउनू भन्ने अन्तरिम आदेश जारी गरेको हो । खतिवडाले दायर गरेको रिटमा सुनवाइ गर्दै उच्च अदालत विराटनगरका न्यायाधिहरु राजेन्द्र अधिकारी र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो । 

नगर प्रमुख साम्पाङले गत चैत २९ गते चलानी नं ०८१–०८२–०८९ को पत्रबाट खतिवडालाई पूर्वअख्तियारी विना बिदामा बस्न पत्राचार गरेका थिए । त्यो पत्राचारविरुद्ध वैशाख ५ गते उच्च अदालतमा रिट दायर भएको थियो । 

EPIC EPIC EPIC EPIC EPIC

मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म उच्च अदालतको नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिएको उल्लेख जनाइएको छ ।

खतिवडाले फर्जी बिल बनाएर कार्यालयमा पेस गरेको साम्पाङको आरोप छ । साम्पाङले प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलगाईंलाई निर्देशन दिँदै खतिवडाको तलब भत्ता रोक्न पत्र लेखेका थिए ।‌  

गत वर्ष कक्षा ८ को परीक्षा सञ्चालन गर्दाको लगत स्टिमेटमाथि साम्पाङले प्रश्न उठाउँदै शिक्षा महाशाखा प्रमुखलाई पत्राचार गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *