नेपालको मित्रराष्ट्र भारतको पूर्वोत्तर राज्य सिक्किममा नेपाली जातिहरु उल्लेख्य संख्यामा रहेका छन् । त्यहाँ नेपाली भाषामा थुप्रै साहित्यिक पत्रपत्रिका नियमित प्रकाशित भैरहेका छन् । पत्रपत्रिकामा प्रकाशित साहित्य कृतिहरुले सिक्किममा नेपाली भाषा साहित्य निकै उन्नत अवस्थामा रहेको प्रमाण दिन्छन् । सिक्किमका नेपाली जाति, नेपाली भाषीहरु नेपाली भाषा, साहित्य, कला, संस्कृतिप्रति अति नै समर्पित रहेका पाइन्छन् ।
यस लेखमा सिक्किममा प्रकाशित दुई साहित्यिक पत्रिका र एक संगालो कृतिबारे संक्षिप्त चर्चा गरिन्छ ।
(१) तीन थुम्का – वर्ष २०२० अंक १४ :
‘तीन थुम्का’ पत्रिका सिक्किममा वार्षिक रुपमा प्रकाशित हुने एक नेपाली सामयिक साहित्यिक पत्रिका हो, जो पुस्तक आकारमा प्रकाशित हुने गरेको छ । यस पत्रिकाका प्रमुख सम्पादक एनपीएस निरौला रहेका छन् । संस्थापक, व्यबस्थापक तथा सहसम्पादक टीका ढुङ्गेल, संस्थापक सम्पादिका बिमला ढुङ्गेल र अर्का सहसम्पादक डी.आर. गिरी रहेका छन् ।
विभिन्न क्षेत्रका लागि प्रतिनिधि सम्पादकहरुमा प्रेमप्रकाश फलाहारी झापा, माया उपाध्याय लुम्बिनी अञ्चल, भावना न्यौपाने भवानी तुलसीपुर, बालकृष्ण उपाध्याय र नीलिमा आचार्य आसाम, उमा घिमिरे र घमा भट्टराई काठमाडौ रहेका छन् । यस पत्रिकाका संरक्षकः पासङकित लेप्चा, सी.पी. ढकाल, रत्न लकसम सुब्बा, हरि ढुङ्गेल र उमा शर्मा रहेका छन् । सल्लाकार हेमन्त तृषित रहेका छन् । पत्रिकाको सम्पर्क टुङ्गो ः टीका ढुङ्गेल, पी. ओ. गान्तोक मार्फत नेपाली साहित्य परिषद विकास क्षेत्र, गान्तोक सिक्किम पिन नं. ७३७१०१ चलभाष नं. ०९७३३२, ५९१९२, ९३८२१—२७८१८, इमेल : tikadhungel14@gmail.com
तीन थुम्काको यस अंकमा, हरि ढुङ्गेल, प्रा.डा. गोविन्दराज भट्टराई—काठमाडौ, माया उपाध्याय—लुम्बिनी, डी.आर. गिरी, माधव खनाल, एन.बी. दाहाल नवीन, निलकमल क्षेत्री, बि.के. ढुङ्गेल, दिनानाथ भट्टराई, सावित्री प्रधान, सुजता शर्मा—काठमाडौ, प्रीतम सुन्दर साथजी—अमेरिका, रमा कोइराला, गदाधर पौडेल—तुलसीपुर दाङ, सदानन्द अभागी, रीता खतिवडा—काठमाडौ, रत्न लक्सम सुब्बा, सुकराज दियाली, एनपीएस निरौला, हेमन्त तृषित, हरिभक्त शर्मा, अस्मिता शर्मा, भास्कर पौडेल, उद्धवगोपाल श्रेष्ठ, रबि पौड्याल, वन्दना गौतम म्यान्मा, निर्मला निरौला, दयामाता—काठमाडौ, युवा बराल ‘अनन्त’, टी.पी. अधिकारी, गोपाल ढकाल, पासङकित लेप्चा, एन.एल.कपिल, अमृत भट्टराई, उदय ना. शर्मा, टीकाराम अर्याल, बिनीता प्रधान, रमेश शंकर, भुवन तामाङ—झापा, गंगा ओडारी—झापा, शीला थामी, रेखादेवी भट्टराई, लक्ष्मी घिमिरे, चुनीलाल घिमिरे, वेददीप उपाध्याय गौतम, इन्द्र रेग्मी नेपाल, वत्स वेदनिधि दाहाल, टीका ढुङ्गेल, भवाना न्यौपाने भावनी—तुलसीपुर, प्रेमप्रकाश फलाहारी—झापा, मीना गुरुङ, नीलिमा आचार्य, सिसा चौधरी—झापा, रमेशकुमार भुसाल, देवेन्द्र बास्तोला, शारदा बासतोला, दिपक चौधरी, ऋता अधिकारी पोखरेल, लोचन शर्मा, टंका ढुङ्गेल र आर.पी. लिम्बू ‘हर्षित’ का कविता, कथा र विधाका साहित्य सिर्जनाहरु प्रकाशित भएका छन् ।
(२) पूर्वाधार – वर्ष १८ अंक २० (२०२०) :
‘पूर्वाधार’ सिक्किममा वार्षिक रुपमा प्रकाशित हुने एक नेपाली साहित्यिक पत्रिका हो, जो पुस्तक आकारमा प्रकाशित हुने गरेको छ । यसका प्रमुख सम्पादक एनपीएस निरौला, संस्थापक सम्पादक टीकाराम शर्मा (टीका ढुङ्गेल ‘रटन’) रहेका छन् । प्रतिनिधि सम्पादकहरु : प्रेमप्रकाश फलाहारी—धुलाबारी, रमेशकुमार भुसाल—काठमाडौ, माया उपाध्याय—लुम्बिनी, भावना न्यौपाने भवानी—तुलसीपुर, उमा घिमिरे—काठमाडौ, बालकृष्ण उपाध्याय—आसाम, रीता खतिवडा रिजाल—काठमाडौ रहेका छन् । व्यबस्थापक : विमला ढुङ्गेल । संरक्षकगणः सी.पी. ढकाल, अनिता शर्मा देवकोटा, हरि ढुङ्गेल ‘रटन’, पूर्णिमा शर्मा, उषा शर्मा, पूर्ण योञ्जन, रत्न लक्सम सुब्बा । सल्लाहकार : जीवन शर्मा, रवि पौड्याल ‘रटन’, मेहन्त तृषित रहेका छन् । सम्पर्क टुङ्गो : टीकाराम शर्मा (टीका ढुङ्गेल ‘रटन’), नेपाली साहित्य परिषद सिक्किम विकास क्षेत्र, हुलाक गान्तोक ७३७१०१ चलभाष नं. ०९७३३२, ५९१९२, ९३८२१—२७८१८, इमेल ः tikadhungel14@gmail.com
पूर्वाधारको यस अंकमा, गंगाराम दङ्गाल, डा. हरिमोहन पोख्रेल ‘रटन’, प्रेमप्रकाश फलाहारी, दावा योञ्जन, हरि ढुङ्गेल, प्रा.डा. गोविन्दराज भट्टराई, माया उपाध्याय ‘रटन’, पूर्ण योञ्जन, सुमति क्षेत्री, धन नीरव प्रधान, भवानी नेउपाने, सुकराज दियाली, बि.के. ढुङ्गेल, डि.के वियोगी, एनपीएस निरौला ‘रटन’, खडकराज गिरी, तीला लेकाली, उदय नारायण शर्मा, सदानन्द अभागी, नारद क्षेत्री ‘रटन’, प्रशान्त प्रधान, श्रीमती विन्दा खरेल, उज्वल क्षेत्री, मुन्ना चाँद, नोरा प्रसाई, एन.बी. दाहाल नवीन, भावना न्यौपाने भवानी, हेमन्त तृषित, युवा बराल ‘अनन्त’, रमा कोइराला, मीना अधिकारी तिम्सीना, शिशुपाल शर्मा, जी.एस. लिम्बु नेम्बाङ्ग, दयामाता, टीका ढुङ्गेल ‘रटन’, रवी पौड्याल ‘रटन’, रीेना खतिवडा, चन्द्र राई, हरिप्रसाद रिमाल, भास्कर पौड्याल, डा. इन्दुल केसी, पं. भवानीशंकर न्यौपाने, भक्ति बस्नेत, हेमन्ता नेपाल ‘रटन’, सावित्री प्रधान ‘रटन’, लक्ष्मी घिमिरे ‘रटन’, निलीमा आचार्य र अस्मिता शर्माका कविता, लेख रचनाहरु प्रकाशित भएका छन् ।
(३) कृतिका स्मृतिहरु (२०१९) :
यो कृति एक संगालो हो विशेषगरि विभिन्न लेखकहरुले लेखेका कृतिहरुबारेको । सिक्किमका लेखक, समालोचक, साहित्यकार टीका ढुङ्गेल ‘रटन’लाई प्राप्त हुन आएका थुप्रै कृतिहरुबारेका विशेषता लेखिएका लेखहरु यस ‘कृतिका स्मृतिहरु’ कृतिमा समावेश भएका छन् ।
यस कृतिभित्र, अन्यायले जन्माएका विद्रोहहरु एक चिन्तन, ठूली शोककाव्य हेरेपछि, उनको सम्झनामा एक विचार, शिखर पुरुष इन्द्रबहादुर राईप्रति श्रद्धास्वरुप, अञ्जन बास्कोटाको दृष्टि निबन्ध संग्रह मनन गरेपछि, चन्द्रमान राईबारे केही कुरा भाग २, डा. डिल्लीरमण रेग्मी व्यक्तित्व एवम् कृतित्व, द्रष्टा स्रष्टा व्यक्ति व्यक्तित्व परिचयभित्र लुकामारी गर्दा, ऐतिहासिक नाटक मुक्ति पढेपछि, गोपीकृष्ण खनालको सम्झना, कीर्ति र कृति कितापसिंह राई स्मृति ग्रन्थबारे, प. नरपति र रोहिणी विलास लुईटेलमा श्रद्धा सुमन, श्री हरी ढुङ्गेलको हिमशिखाभित्र लुकेको प्रतिभा, भन्नै पर्ने एउटा कुरा पाठकको पनि, नेपाली साहित्यका आधारशिला आदिकवि भानुभक्त आचार्य, चूडामणि भट्टराईका स्मृति ग्रन्थबारे केही कुरा, गङ्गालाल ऐतिहासिक खण्डकाव्य केही कुरा, मित्रदेव शर्मा अभिनन्दन ग्रन्थ चिन्तनपरक, समालोचक गणेशबहादुर प्रसाई स्मृति ग्रन्थबारे केही शब्दहरु, मनको इन्द्रेणीलाई नियालेपछि, यथार्थमा भावहरु एक विचार, राधा पाण्डेको कृति मनका हजार रङ्ग, पठतु संस्कृतबारे केही शब्दहरु, पुस्तकालय आवाज प्रति केही शब्दहरु, नेपाली सभ्यताको परिचयसँग जोडिएका व्यक्तित्व प्रकाश भट्टराई, जीवन काँडा कि पूmल पाठकको नजरमा भाग २, अनमोल मोती गुनू घर्तीको जीवनदर्शन भाग २, विद्यार्थीहरुलाई पत्र एक विचार, प्रेरणाको गोरेटोमा एक पथिक, नयाँ पुराना रचनाहरु हेर्दा, यता हुँदा उताको झझल्कोलाई नियाल्दा, १५४ औँ मोती जयन्तीकै दिन पुस्तकालय दिवस मनाइयो, ज्ञान मार्गतिर लम्कदा र पं. नारायण शर्मा बर्तौलामा सम्झना गर्दै शीर्षकहरु दिएर साहित्यकार ढुङ्गेलले थुप्रै कृति र कृतिकारहरुबारे समीक्षा लेखेका छन् । जसको अध्ययनबाट थुप्रैथुप्रै होनहार स्रष्टाका कृति र स्रष्टाहरुबारे ज्ञान लिन सकिन्छ । एउटै आँखी झ्यालबाट नेपाली भाषा तथा साहित्यको ठूलो संसार चिहाउन सकिन्छ । यसबाट पनि समीक्षक ढुङ्गेलको अध्ययन तथा लेखन क्षमता आंकलन गर्न सकिन्छ ।
यी तीन कृतिहरुमा प्रकाशित सिर्जनाहरु जीवनजगतसँग सम्बन्धित छन् । जसले धेरै कुरा सिकाउँछन्, सन्देश दिन्छन् । सिर्जनाहरुबारे पढ्दा सिक्किमेली जनताहरु सुखको एउटा स्तरमा पुगेको प्रष्ट हुन्छ । नेपालमा जस्तो नेताहरु र सत्तालाई गाली गर्नुपर्ने यथार्थ र गरीबीको चरणबाट सिक्किमेलीहरु धेरै अगाडि निस्किसकेको विश्वास हुन्छ । तरपनि, थुप्रै कृतिहरुमा प्रकाशित थुपै्र सिर्जना र लेखहरुले यो पनि बताईरहका छन् कि सिक्किममा पनि जनताका असन्तुष्टिहरु धेरै छन् । त्यहाँ पनि गरीबी, विभेद र पीडाहरु रहेछन् । त्यहाँ पनि गाउँलेहरु विभेदमा परेका रहेछन् । राजनीतिज्ञ, सरकारी सुविधाभोगी, टाठाबाठा, शहरीया र पहुँचवालाहरुले नै राज्यका सुविधाहरु हडपिरहेका रहेछन् । त्यहाँ किसान, साना उद्यमी, रोजगारी, शिक्षा लगायत थुप्रै विषय र क्षेत्रकाबारेमा गुनासा रहेछन् । त्यहाँ पनि प्रणालीहरुका कमजोरी रहेछन् ।
‘तीन थुम्का’ पत्रिका, सिक्किमका उर्जाशील साहित्यकार टीका ढुङ्गेलको पहल, रेखदेख र सम्पादनमा प्रकाशित हुँदै आएको छ । ढुङ्गेलकै पहल र रेखदेखमा अर्को साहित्यिक वार्षिक पत्रिका ‘पूर्वधार’ जो १८ अंक अर्थात १८ वर्षसम्म प्रकाशित भैसकेको छ । त्यस्तै गरी ‘प्रदीपिका’ वार्षिक साहित्यिक पत्रिकाले त रजत वर्षपनि पार गरिसकेको छ । यी तीनैवटा साहित्य पत्रिका टीका ढुङ्गेलको अथक पारिश्रम र रेखदेखमा निरन्तर प्रकाशित भैरहेका छन् । साहित्यकार तथा समीक्षक, समालोचक टीका ढुङ्गेल सिक्किमका नेपाली भाषा साहित्यका एक होनहार साधकको रुपमा देखिएका छन् । उनी नेपाली साहित्य परिषद सिक्किममा कार्यरत समेत हुन् । ढुङ्गेलको चर्चा यस छोटो लेखमा सम्भव छैन ।
सिक्किममा नेपाली भाषा साहित्य भने उत्कृष्ट रहेको पाइन्छ । सिक्किमेली साहित्य सिर्जनाहरुका भाषा, शब्द, वाक्य, अनुच्छेद गठन आदि स्तरीय लाग्दछन् । नेपालभित्रका साहित्यकारहरु र सिक्किमेली साहित्यकारहरुका सिर्जनाहरुका भाषा स्तर उस्तै उस्तै लाग्दछन् । सिक्किममा नेपाली भाषा एउटा शुद्धता र गुणवत्ताको स्तरमा पुगिसकेको र मानक नै स्थापित भैसकेको स्पष्ट हुन्छ । स्वभाविकै हो केही लवज र थेगो भौगोलिकता र दूरी अनुसार आफ्नै किसिमका हुन्छन् नै ।
सिक्किममा नेपाली भाषा साहित्य उन्नत रुपमा पूmल्नु, पैmलनु, निरन्तर प्रकाशित भैरहनु सम्पूर्ण नेपाली जातिकै लागि खुशीको विषय हो । सिक्किममा नेपाली भाषा साहित्यको जगेर्ना सरकार, संस्था, समूह तथा स्रष्टाहरुको प्रयास अत्यन्त अनुकरणीय रुपमा भएको पाइन्छ । परिणाम स्वरुप साहित्यका सबै विधाका साहित्यिक पूmलहरु पूmलिरहेका छन् सिक्किममा । त्यसैले पनि सिक्किम नेपाली भाषा साहित्यको एक सुन्दर बगैँचा मान्न सकिन्छ ।
सिक्किमबाट प्रकाशित भएका केही साहित्य कृतिहरु यस पंक्तिकारलाई सिक्किमेली साहित्यकार तथा समालोचक टीका ढुङ्गेलका तर्फबाट अध्ययन तथा प्रतिक्रियाका लागि त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारीका अध्यक्ष प्रेमप्रकाश फलाहारीमार्फत प्राप्त भएको हो । सिक्किममा नेपाली भाषामा प्रकाशित साहित्यिक कृति लगायतका कृतिहरुको अध्ययनबाट पनि नेपाली भाषा, साहित्यको ज्ञानको रस्वस्वादन लिऔँ र नेपाली भाषा तथा साहित्य जगेर्ना अभियानमा इँटा थप्दै जाऔँ ।
प्रस्तुतिः भुवन तामाङ
One Response
Bhutan bhai a wonderful summary of different magazines that read with interest. thank you