सिङ्गो देश तपाईंहरूसँग छ, राम्रो खोल्नुहोला :प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिनुभएको छ।

बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जितका लागि शुभकामना व्यक्त गर्नुभएको हो।

EPIC EPIC EPIC EPIC EPIC

शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताउनुभयो।

भर्चुअल बैठकमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो। 

नेपालले आज बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दैछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *