Search
Close this search box.
Search
Close this search box.

सिरियाले भूकम्पपीडितलाई सहयोग गर्न थप दुई नाका खोल्ने – राष्ट्रसङ्घ

turkey hpk9vw31zf

एजेन्सी/ संयुक्त राष्ट्र सङ्घले सिरियाको सरकार विनाशकारी भूकम्पबाट क्षतिग्रस्त देशलाई सहायता पुर्‍याउन थप दुई वटा सिमाना खोल्न सहमत भएको जनाएको छ ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले यसबारे जानकारी दिएका हुन । उनले बीबीसीसँगको कुराकानीमा भने, ‘यसको प्रभाव ठुलो हुनेछ । अहिलेसम्म हामीले एउटा मात्र क्रसिङ प्रयोग गर्दै आएका छौँ ।’

EPIC

छिमेकी देश टर्कीमा गएको भूकम्पका कारण दुवै देशमा करिब ४० हजार मानिसको मृत्यु भएको छ ।

सिरियाका जनता आफ्नो युद्धग्रस्त देशलाई सहायताको अभाव भएको भन्दै आक्रोशित छन् ।

राष्ट्रपति बसर अल–असदको सरकारले पश्चिमी देशहरूले प्रतिबन्धका कारण सिरियामा उद्धार कार्यमा अवरोध पुर्‍याएको आरोप लगाएको छ ।

तर अन्तर्राष्ट्रिय सहायता समूहहरूले ठुलो समस्या भनेको असद सरकारको कुप्रबन्ध र देशका सबै क्षेत्रहरूमा अनुमति दिन अस्वीकार गर्नु हो भनेर बताइरहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *