
ताप्लेजुङको मैवाखो गाउँपालिका केन्द्र साघुँमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद महोत्सवका क्रममा निर्माण गरिएको लिम्बू संस्कृतिको प्रतीक ५४ फिट अग्लो सिलाम साक्मा । लिम्बू भाषामा ‘सि’को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’को अर्थ छेक्नु भन्ने बुझिन्छ । मृत्युको बाटो छेक्ने वस्तुको रूपमा सिलाम साक्मालाई लिइन्छ । तस्बिर : दिलकुमार लिम्बू/रासस