सीतारमेश क्याम्पसका विद्यार्थीलाई नेविसंघको स्वागत

बुधबारे । सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्ति नेविसंघ इकाई समितिले क्याम्पसमा आउने नवागंतुक प्रथम वर्षका विद्यार्थीहरु लाई एक कार्यक्रमको आयोजना गरि स्वागत कार्यक्रम आयोजना गरेको छ।साथै उक्त क्याम्पसमा रहेको नेविसंघ इकाई समिति पुनर्गठन पनि गरेको छ।

नेविसंघ सीतारमेश निवर्तमान सभापति शेखर रिजालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस बुद्धशान्ति सभापति चक्र शेर्माको प्रमुख आतिथ्य ,नेविसंघ झापा सभापति राजेन्द्र उप्रेतीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य तथा नेविसंघ झापा उपसभापति भुपेन्द्र थेबे,नेपाली काङ्ग्रेस बुद्धशान्ति सचीव कृष्ण खतिवडा ,नेविसंघ झापा प्रवक्ता सन्जय निरौला ,जिल्ला सदस्य तथा संचार विभाग प्रमुख गोकुल पौडेल ,नेविसंघ बुद्धशान्ति सभापति उमेश भट्टराई लगायत नेविसंघका नेताहरुको आतिथ्य रहेको थियो।

EPIC EPIC EPIC

मोहन नेपालको सभापतित्वमा गठित नेविसंघ सीतारमेश इकाई समितिको उपसभापतिमा सन्तहाङ लिम्बू,रजनी खतिवडा र डम्बर कार्की,सचिवमा विवेक कार्की ,कोषाध्यक्षमा सन्तोष कट्टेल ,सहसचिवमा दिक्षा कट्टेल,प्रतीक भट्टराई ,प्रनिशा सुवेदी ,खेमहाङ्मा लिम्बु ,उमेश उप्रेती ,सुनिता लाप्चा,अनिल पोखरेल,सन्तोष लेप्चा सहित ५१ सदस्यीय कार्यसमिति चयन भएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च