बुद्धशान्ति । सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्ति १ झापाले स्नातक तह प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा चौथो वर्षका विद्यार्थीलाई बिदाई गरेको छ ।

सोमबार क्याम्पसमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य, गायन, गजल प्रस्तुत गरेका थिए। कार्यक्रम संयोजक विद्यार्थी मौसम अधिकारीको सभाध्यक्षमा भएको कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष पदम प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता, उपाध्यक्ष जयप्रसाद भण्डारीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा क्याम्पस संचालक समितिका पदाधिकारी, क्याम्पस प्रमुख केशव ढुङ्गेल, प्राध्यापक लगायतको आतिथ्यता रहेको थियो ।
ममता पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन भने सुनिल पौडेलले गरेका थिए ।


