बुधबारे, माघ ५ । सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्तिको नयाँ नेतृत्व चयन हुने भएको छ । वर्तमान समितिको पदावधि सकिएसँगै नयाँ नेतृत्व चयन हुने भएको हो ।
नयाँ नेतृत्व चयनका लागि निर्वाचन मण्डल गठन भई नेतृत्व चयनका लागि विभिन्न पकृया शुरु भएका छन् । जस अन्तर्गत अध्यक्षमा दुई जनाको उम्मेद्वारी परेको छ । जसमा पदमप्रसाद पोख्रेल र मनोरथ तिवारी रहेका छन् । पोख्रेल वर्तमान अध्यक्ष हुन् भने तिवारी उपाध्यक्ष हुन् ।
त्यस्तै उपाध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ । जसमा जयप्रसाद भण्डारी, प्रेम नेम्बाङ र केशव सापकोटाको उम्मेद्वारी परेको हो । कोषाध्यक्ष पदमा चन्द्रकला काफ्ले र सुशिला तिवारीको उम्मेद्वारी परेको छ भने खुल्ला महिला तर्फ एक सिटका लागि दुई जनाको उम्मेद्वारी परेको छ । जसमा मधुमाया पाठक र विष्णु मैनाली उप्रेती छन् ।
खुल्ला तर्फ एक सिटका लागि केशव सापकोटा, मनोरथ तिवारी, रुद्रप्रसाद चापागाई र विन्दु ढकालको उम्मेद्वारी परेको छ । ८ पदका लागि ३ जना भने निर्विरोध भएका छन् । जसमा जग्गादाता महिला तर्फ गीता खतिवडा ढुंगाना, जग्गादाता खुल्ला तर्फ केदारप्रसाद कोइराला र देवीप्रसाद खतिवडा निर्विरोध भएका छन् ।
गत फागुन २ गते विधानको दफा १० नम्बरमा उल्लेख गरिएको पदहरुमा उम्मेद्वारहरुको मनोनयन दर्ताको समय थियो भने फागुन ७ गते उम्मेद्वारी उपर दावी विरोधको छलफल र उम्मेद्वारीको अन्तिम नामावली प्रकाशनको निर्वाचन तालिका रहेको क्याम्पस प्रमुख केशव ढुंगेलले बताएका छन् ।
फागुन ११ गते निर्वाचनको कार्यतालिका निर्वाचन समितिले प्रकाशन गरेको छ । निर्वाचन समितिको संयोजकमा बसन्त नेपाल रहेका छन् ।
यस कारण मेरो उम्मेद्वारी : तिवारी

अध्यक्षका उम्मेदवार तिवारी
अध्यक्षका एक उम्मेद्वार मनोरथ तिवारीले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आप्mनो उम्मेद्वारीका विषयमा जानकारी गराएका छन् । उनले पत्रकारसँगको भेटमा उपयोगी शैक्षिक गुणस्तर विस्तार गर्दै सीतारमेश बहुमुखी क्याम्पसलाई स्तरीय शैक्षिक हबका रुपमा विकास गर्न आपूmले चाहेको बताएका छन् । अपूर्ण भौतिक संरचनालाई पूर्णता दिने पनि बताए ।
‘मैले सुरुवाती समयमा सीतारमेश क्याम्पसको आर्थिक अवस्था कमजोर हुँदादेखि क्याम्पसको आर्थिक, शैक्षिक क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको छु । जतिवेला आर्थिक स्रोत थिएन त्यतिबेला देखि आर्थिक स्रोत जुटाउने लगायत अन्य हरेक विषयमा क्याम्पसको स्तरबृद्धि गर्न लाग्ने एक जना जिम्मेवार पदाधिकारी भएका नाताले अहिले अध्यक्ष पदमा मेरो उम्मेद्वारी रहेको प्रष्ट पार्छु ।’ अध्यक्षका उम्मेद्वार तिवारीले सञ्चारकर्मीसँग भने ‘विद्यार्थीहरुलाई स्थानीय क्षेत्रमै डिग्रिसम्मको पढाई हुने गरिको प्रयन्त गर्ने आफ्नो योजना छ ।’
गरिव तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष बृद्धिगर्दै सहुलियत ढंगबाट अध्यापन गराउन आफ्नो ध्यान केन्द्रीत हुने बताउँदै उनले राज्यको नीति अनुरुप प्राध्यापक नियुक्तिलाई पारदर्शी बनाउने र सम्पूर्ण प्रकृया पूरा गरेर मात्र नियुक्ती गराउने प्रवन्ध मिलाउने बताए । उनले हालै सीतारमेश क्याम्पसमा नियुक्ति गरिएका शिक्षकको विषयमा चित्तबुझ्दो छनौट प्रकृया नअपनाइएको बताए । उनले शिक्षक नियुक्त गर्दा प्रयोगात्मक प्रकृया मात्र अपनाएर शिक्षक नियुक्त गरिएको विषयमा असन्तुष्टि व्यक्त गर्दै लिखित, मौखिक र प्रयोगात्मक विधि सहित सम्पूर्ण विधि अपनाउनु पर्नेमा त्यसो नभएको बताए । ‘हाम्रो होइन राम्रो शिक्षक भित्राउन लाग्नुपर्छ’ उनले भने । सम्पूर्ण प्रकृया पूरा नगरीकन शिक्षक नियुक्त गर्दा गुणस्तरीय शिक्षा विद्यार्थीले पाउन नसक्ने भन्दै प्रतिस्पर्धाका सम्पूर्ण विधि र प्रकृया अपनाउनु पर्ने उनले बताए ।
उनले आफु शिक्षा क्षेत्रको विकासमा इमान्दारिता पूर्वक लागिरहेको विगतलाई दर्शाउँदै शिक्षा क्षेत्रमा राजनीति कुनै हालतमा हुन नहुने पनि बताएका छन् । उनले शिक्षा क्षेत्रमा निर्वाचनकै प्रकृयाबाट उम्मेद्वार चयन हुनेकुरा ठिक नभएको बताउँदै निर्वाचन लडेरै पदको लागि दावी नगर्ने समेत स्पष्ट पारेका छन् ।



















