सुडानको हवाई आक्रमणमा परि २२ जनाको मृत्यु

सुडानमा हवाई आक्रमणमा परी २२ जनाको मृत्यु भएको छ । सुडानको राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा हवाई आक्रमण भएको हो ।

देशमा जारी द्वन्द्वका बीच राजधानी नजिकै भएको यो सबैभन्दा घातक हमला भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

समाचार अनुसार सुडानमा देशको सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स बीच विगत केही दिनदेखि घातक द्वन्द्व चलिरहेको छ, जसमा मानिसहरूले लगातार ज्यान गुमाइरहेका छन् ।

सुडानको राजधानी खार्तुम र ओमदुरमानमा आरएसएफको नियन्त्रण छ । १२ साताभन्दा लामो समयदेखि जारी आन्दोलनका कारण जनताले धेरै समस्या भोग्दै आएका छन् ।

पसल, बजार र औषधि पसल पनि दिनको अधिकांश समय बन्द रहन्छन् । देशमा चर्किएको द्वन्द्वका कारण ३० लाख मानिसले आफ्नो घरबार छोड्नु परेको बीबीसीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *