सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट सिन्धुलीमा दुइ बालकको गयो ज्यान

image search 1685462200250

सिन्धुली । सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ। मृत्यु हुने बालकहरु दाजुभाइ हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका-१ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो।

EPIC EPIC EPIC

ओछ्यानमा सुतिरहेका उनीहरूलाई आज बिहान ३ बजे सर्पले डसेको थियो। उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको र थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। 

सर्पले ग्रिसलाई बाँया हातको औंलामा र ग्रिस्मको बाँया खुट्टामा डसेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *