सुनको भाउ एकैदिन ३ हजार ५ सय रुपैयाँले घट्यो

काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ३ हजार ५ सय रुपैयाँले घटेर १ लाख ८१ हजार ८ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन यो मूल्य १ लाख ८५ हजार ३ सय रुपैयाँ थियो।

सुनको मूल्यमा आएको गिरावट अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको प्रभावस्वरूप भएको महासंघले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेर आज १ हजार ९ सय २५ रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य १ हजार ९ सय ६० रुपैयाँ थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *