सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाएको छ। शुक्रबार सुनको मूल्य नयाँ उचाईमा पुगेको हो । यस दिन सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ७४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसअघि गत चैत ६ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो । त्यसदिन सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७६ हजार रुपैयाँ कायम भएको थियो ।

EPIC EPIC EPIC

यस दिन चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च